सूर्यविनायकमा दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगीता शूरु, मेयर थापाद्धारा उद्घाटन, ३७ विद्यालयका १ हजार २ सय २ सय २१ विद्यार्थी सहभागि

भक्तपुर । सूर्यविनायक नगरपालिकाको आयोजनामा दोस्रो राष्ट्रपति रनीङ शिल्ड प्रतियोगीता भब्य रुपमा शूरु भएको छ । नगरपालिकाले यो वर्षदेखि शैक्षीक क्यालेन्डरमै राखेर दसै र तिहारको बिदाको उपयोग गरि प्रतियोगिता आयोजना गरेको हो । सूर्यविनायक नगरपालिका १० नंं वडास्थित संकटा खेल मैदानमा आयोजित एक समारोहका बीच बुधबार नगर प्रमुख बासुदेव थापाले प्रतियोगीताको औपचारिक रुपमा उद्घाटन गर्नुभयो ।

शारीरिक अस्वस्थताका बाबजुत पनि कार्यक्रममा सहभागि हुनु भएको नगर प्रमुख थापाले सोही अवसरमा राष्ट्रिय झण्डा समेत झण्डोत्तोलन गर्नुभयो । उद्घाटन समारोहमा विद्यार्थीहरुको मार्चमासले कार्यक्रम निकै उल्लासमय बनेको थियो । कार्यक्रममा नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले नगरपालिकाले बहुआयामीक क्षेत्रको विकास अन्तर्गत खेलकूद विकासलाई अगाडि बढाउँदै लगेको बताउनुभयो ।

कार्यक्रम संयोजक तथा नगर प्रवक्ता रविन्द्र सापकोटाले नगरपालिकाले नीति तथा कार्यक्रम र बजेटमा राखेर आन्तरिक स्रोतबाट प्रतियोगता आयोजना गरिएको बताउनुभयो । उहाँले प्रतियोगितामा ३७ विद्यालयका १ हजार २ सय ३० विद्यार्थी सहभागि रहेको बताउनुभयो । वडा नंं, १० का वडाध्यक्ष शिवराम रावतले तीन दिन सम्म चल्ने प्रतियोगिता विभिन्न ४ ठाउँमा सञ्चालन गरिएको बताउनुभयो ।

उद्घाटन समारोहमा विद्यार्थीले निकै आर्कषक नृत्य समेत प्रस्तुत गरेका थिए । शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख रत्नबहादुर कट्वालले खेलकुदको क्षेत्रमा नगरपालिकाले उल्लेख बजेट छुट्याएर अगाडि बढिरहेको बताउनुभयो । उद्घाटन स्थल संकटा खेल मैदानमा भएको पहिलो दिनको खेलमा दौड प्रतियोगितामा विजयीलाई बुधबारै प्रमाणपत्र तथा मेडल वितरण गरिएको थियो ।

कार्यक्रममा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत श्रीधर केसी, भक्तपुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष दिपक थापा, वडा नंं १ का वडाध्यक्ष सानुकाजी कायस्थ, २ का वडाध्यक्ष प्रदीप कार्की, ३ का वडाध्यक्षका दिपेन्द्र केसी, ६ का वडाध्यक्ष ईश्वर खडका, ९ का वडाध्यक्ष भगवान खत्री, कार्यपालिका सदस्यहरु र जनप्रतिनिधिहरुको सहभागिता थियो ।


प्रकाशित | २२ कार्तिक २०८०, बुधबार २०:४९