युक्रेनमा रुसी आक्रमण विफल पार्न बेलायती प्रधानमन्त्री जोनसनको ६ बुँदे प्रस्ताव

लन्डन – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा रुसी आक्रमण विफल पार्न ६ बुँदे प्रस्ताव अगाडि सारेका छन् । रुसले युक्रेनमा गरेको भयानक आक्रमण विफल तुल्याउन ६ बुँदे योजना अगाडि सारेका हुन ।

न्युयोर्क टाइम्सको लागि लेखेको एक लेखमा जोनसनले रुसी राष्ट्रपति पुटिनमाथि दबाब कायम गर्नुपर्ने जस्ता प्रस्ताव गरेका हुन ।

यस्ता छन् जोनसनका योजना

· विश्व नेताहरूले युक्रेनको लागि अन्तर्राष्ट्रिय मानवीय गठबन्धनलाई परिचालन गर्नुपर्छ।

· सबैले युक्रेनले आत्मरक्षाको लागि गरेको प्रयासहरूमा साथ दिनुपर्छ।

· रुसमाथि आर्थिक दबाब बढाउनुपर्छ।

· अन्तर्राष्ट्रिय समुदायले युक्रेनमा रुसले आफ्नो गतिविधिलाई सामान्य बनाउने प्रवृत्तिको प्रतिरोध गर्नुपर्छ।

· युक्रेनको वैध सरकारको पूर्ण सहभागितामा मात्र युद्धको कूटनीतिक समाधान खोज्नु आवश्यक छ।

· नेटो देशहरूबीच सुरक्षा र लचिलोपन सुदृढ गर्न द्रुत अभियानअघि बढाउनु पर्छ।

जोनसनले सोमवार डाउनिङ स्ट्रिटमा हुने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र डच प्रधानमन्त्री मार्क रुटेसँगको बैठकमा आफ्नो सन्देश प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।


प्रकाशित | २२ फाल्गुन २०७८, आईतवार १७:१९