युक्रेन-रुस युद्ध : १२ लाख मानिस विस्थापित, आधाभन्दा बढी छिमेकी पोल्याण्डमा पलायन

वार्सा – रुसले युक्रेनमाथि आक्रमण जारी राख्दा १२ लाख मानिस पलायन भएका छन् । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीका लागि उच्चायुक्तको पछिल्लो तथ्याङ्कअनुसार रुसी आक्रमणका कारण करिब १२ लाख मानिस युक्रेनबाट पलायन भइसकेका छन, जसको आधाभन्दा बढी संख्या छिमेकी पोल्याण्डमा पुगेका छन् ।

पछिल्लो तथ्याङ्क अनुसार लगभग ६ लाख ५० हजार पोल्याण्डमा भागेका छन भने १ लाख १५ हजार हंगेरी र बाँकी अन्य युरोपेली राष्ट्रहरूमा गएका छन् ।

त्यस्तै, छिमेकी मोल्डोभा, स्लोभाकिया र रोमानियामा ठुलो संख्यामा युक्रेनीहरु भागेका छन् ।  जर्मनमा शुक्रबार मध्याह्नसम्म १८ हजार ४३६ शरणार्थी पुगिसकेको बर्लिनको आन्तरिक मन्त्रालयले जनाएको छ ।

साथै युद्धका कारण मुलुकमा नै करिब १२ करोड मानिसको आन्तरिक विस्थापन अर्थात् एक ठाउँबाट अर्को ठाउँमा विस्थापन हुने राष्ट्रसंघले अनुमान गरेको छ ।

रुस-युक्रेन युद्धबाट निस्कने शरणार्थी समस्या सन् २०१५ मा युरोपमा भएको शरणार्थी संकटभन्दा ठूलो हुन सक्ने बीबीसी समाचारमा उल्लेख छ। त्यस समय सिरिया, इराकजस्ता युद्धग्रस्त देशबाट ठूलो संख्यामा मानिसहरु शरण लिन युरोपतिर लागेका थिए ।

युरोपमा सन् २०१५ मा १३ लाख मानिस विस्थापित हुनुपरेको थियो।


प्रकाशित | २१ फाल्गुन २०७८, शनिबार ११:२६