थामीहरुको उद्गमस्थल राङराङथलीमा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटी, संग्रहालयलाई नेपालको गन्तव्यस्थल बनाउने प्रतीबद्धता

दोलखा: आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदैं गर्दा नेकपा एमाले दोलखाका उम्मेदवारहरूले चुनावी प्रचार अभियानलाई तीव्रता दिनुभएको छ । चु्नावी अभियानकै क्रममा प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिबाकोटीले आज मंगलबार जिल्लाको भीमेश्वर नगरपालिकामा घरदैलो अभियानलाई निरन्तरता दिनुभयो । यसै क्रममा आज बिहान भीमेश्वर नगरपालिका–१ को लामानागीस्थित थामी बस्तीमा पुगेर उम्मेदवार शिवाकोटीले थामी समुदायका […]

दोलखामा एमालेबाट प्रतिनिधिसभामा शिवाकोटी, प्रदेशमा श्रेष्ठ र केसीले गराए उम्मेदवारी दर्ता

दोलखा : नेकपा एमालेले दोलखाले उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न गरेको छ । पूर्वमन्त्री तथा पोलिटब्यूरो सदस्यद्वय पावृत गुरुङ र आनन्दप्रसाद पोखरेलको नेतृत्वमा गएको एमाले टोलीले प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो उम्मेदवारी दर्ता गराएको हो । एमालेले दोलखाबाट प्रतिनिधिसभामा बालकृष्ण शिवाकोटी र प्रदेशसभातर्फ क मा नरबहादुर श्रेष्ठ र ख मा भरत केसीले उम्मेदवारी दर्ता गराउनु भएको हो […]

दोलखामा पुस्तान्तरण भएको छ, नयाँ जोस र ऊर्जाका साथ निर्वाचनमा होमिन्छौ: बालकृष्ण शिवाकोटी

काठमाडौं : नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटीले दोलखामा आम कार्यकर्ताको चाहना र मागबमोजीम पुस्तान्तरण भएकाले नयाँ जोस र ऊर्जाका साथ निर्वाचनमा होमिने बताउनु भएको छ । दोलखामा एमाले कार्यकर्ताको चाहना पूरा भएकाले अब नयाँ ऊर्जाका साथ निर्वाचनमा होमिने उम्मेदवार शिवोकोटीको भनाई छ । काठमाडौंमा उपलब्ध सम्पर्क मञ्चका नेता तथा कार्यकर्तासँगको भेटभाट कार्यक्रममा बोल्नु […]

भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा दुर्लभ थापालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

भक्तपुर : नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नं. २ मा दुर्लभ थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि कांग्रेसले क्षेत्र नं. २ मा जिल्ला सभापति समेत रहेका थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उता नेकपा एमालेले भने निवर्तमान सांसद महेश बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यो क्षेत्रमा पर्ने सूर्यविनायक […]

भक्तपुरमा एमालेले टुंग्यायो उम्मेदवार, क्षेत्र नं. १ मा गेलाल र २ मा बस्नेत (सूचीसहित)

भक्तपुर : नेकपा एमालेले भक्तपुर जिल्लाका उम्मेदवारहरुको टुंगो लगाएको छ । एमालेले प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं.मा जिल्ला विकास समितिका निवर्तमान संयोजक समेत रहेका नवराज गेलाललाई उम्मेदवार बनाएको छ । त्यस्तै, प्रदेश सभा भक्तपुर ‘क’ मा नारायण सुन्दर शिन्तकला, प्रदेश सभा चाँगुनारायण ‘ख’ मा मोहन वीर श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उता प्रतिनिधिसभा भक्तपुर क्षेत्र […]

दोलखाबाट प्रतिनिधिसभामा बालकृष्ण शिवाकोटीलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं : नेकपा एमालेले दोलखाबाट प्रतिनिधिसभा सदस्यमा बालकृष्ण शिवाकोटीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि पूर्वमन्त्रीद्धय आनन्द पोखरेल र पार्वत गुरुङ आकांक्षी भएपनि नयाँ पुस्तालाई अगाडि सार्दै प्रतिनिधिसभामा शिवाकोटीलाई उम्मेदवार बनाउने निर्णय भएको हो । शिवाकोटी यसअघि प्रदेशसभाको लागि उम्मेदवार सिफारिस हुनु भएको थियो । तर नयाँ पुस्ताको माग भएपछि पार्वत र […]

सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाद्धारा डोलेश्वर-ठूलोगाउँ-पाटी भञ्ज्याङ सडकको शिलान्यास

भक्तपुर : सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले डोलेश्वर-ठूलोगाउँ-पाटी भञ्ज्याङ सडकको शिलान्यास गर्नु भएको छ । मेयर थापाले सूर्यविनायक नगरपालिका वडा नंं ८ स्थित डोलेश्वर-ठूलोगाउँ-पाटी भञ्ज्याङ सडक स्तरउन्नति उपभोक्ता समितिको आयोजनामा आइतबार एक कार्यक्रमकाबीच औपचारिक रुपमा सडक शिलान्यास गर्नु भएको हो । सूर्यविनायक नगरपालिका साझेदारी शीर्षक अन्तर्गत डोलेश्वर-ठूलोगाउँ-पाटी भञ्ज्याङ सडक स्तरोन्नती गर्न लागिएको हो । सो […]