सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाद्धारा डोलेश्वर-ठूलोगाउँ-पाटी भञ्ज्याङ सडकको शिलान्यास

भक्तपुर : सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले डोलेश्वर-ठूलोगाउँ-पाटी भञ्ज्याङ सडकको शिलान्यास गर्नु भएको छ । मेयर थापाले सूर्यविनायक नगरपालिका वडा नंं ८ स्थित डोलेश्वर-ठूलोगाउँ-पाटी भञ्ज्याङ सडक स्तरउन्नति उपभोक्ता समितिको आयोजनामा आइतबार एक कार्यक्रमकाबीच औपचारिक रुपमा सडक शिलान्यास गर्नु भएको हो ।

May be an image of 6 people, people sitting, people standing and outdoors

सूर्यविनायक नगरपालिका साझेदारी शीर्षक अन्तर्गत डोलेश्वर-ठूलोगाउँ-पाटी भञ्ज्याङ सडक स्तरोन्नती गर्न लागिएको हो । सो अवसरमा मेयर थापाले नगरपालिकाले विकास निर्माणको कार्यलाई तीब्र रुपमा अगाडि बढाएको भन्दै योजनाहरु समयमै सक्न आग्रह गर्नु भयो ।

May be an image of 11 people, people sitting, people standing and outdoors

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्बर ८ का अध्यक्ष पुष्प राज बस्नेत, पूर्व वडा अध्यक्ष किरण थापा लगायत जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।


प्रकाशित | ९ आश्विन २०७९, आईतवार २१:०५