दोलखामा पुस्तान्तरण भएको छ, नयाँ जोस र ऊर्जाका साथ निर्वाचनमा होमिन्छौ: बालकृष्ण शिवाकोटी

काठमाडौं : नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटीले दोलखामा आम कार्यकर्ताको चाहना र मागबमोजीम पुस्तान्तरण भएकाले नयाँ जोस र ऊर्जाका साथ निर्वाचनमा होमिने बताउनु भएको छ । दोलखामा एमाले कार्यकर्ताको चाहना पूरा भएकाले अब नयाँ ऊर्जाका साथ निर्वाचनमा होमिने उम्मेदवार शिवोकोटीको भनाई छ ।

काठमाडौंमा उपलब्ध सम्पर्क मञ्चका नेता तथा कार्यकर्तासँगको भेटभाट कार्यक्रममा बोल्नु हुँदै प्रतिनिधिसभाका उम्मेदवार शिवाकोटीले दोलखामा एमालेलाई जिताउन आम जनता आत्तुर रहेको बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 4-1024x768.jpg

पार्टीमा पुस्तान्तरण हुँदा पनि दोलखामा प्रदेश र संघको निर्वाचन जितिएन भने दोलखामा कसैले राजनीति नगरे पनि हुने भन्दै उहाँले एक महिनाका लागि ब्यापार ब्यवसाय सबै छाडेर निर्वाचनमा होमिन आग्रह गर्नुभयो । 

युवाहरुलाई अनेक प्रचार प्रसार गरेर फड्काउने कार्य भइरहेको प्रति सचेत रहन आग्रह गर्नुहुँदै उम्मेदवार शिवाकोटीले सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

चुनावमा गएपछि कुनै पनि कुराको जवाफदेहीता सिंगो पार्टी पक्तीले लिने भन्दै उहाँले विपक्षीलाई चुनौतीको रुपमा हेर्न र हिम्मतका साथ अगाडि बढ्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश सभा (ख) २ का उम्मेदवार भरत बहादुर केसीले नेकपा एमालेले दोलखामा  गरेको विकास नै आफूहरुको जितको आधार भएको बताउनु भयो । उहाँले विकास र समृद्धिको लागि दोलखामा एमालेको जित सुनिश्चित रहेको पनि बताउनु भयो ।

भेटघाट कार्यक्रममा सहभागिहरुले आगामी निर्वाचनको विषयमा केन्द्रित रहेर सुझाव दिनु भएको भएको थियो ।


प्रकाशित | २२ आश्विन २०७९, शनिबार २३:३०