दोलखाबाट प्रतिनिधिसभामा बालकृष्ण शिवाकोटीलाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं : नेकपा एमालेले दोलखाबाट प्रतिनिधिसभा सदस्यमा बालकृष्ण शिवाकोटीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि पूर्वमन्त्रीद्धय आनन्द पोखरेल र पार्वत गुरुङ आकांक्षी भएपनि नयाँ पुस्तालाई अगाडि सार्दै प्रतिनिधिसभामा शिवाकोटीलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

शिवाकोटी यसअघि प्रदेशसभाको लागि उम्मेदवार सिफारिस हुनु भएको थियो । तर नयाँ पुस्ताको माग भएपछि पार्वत र आनन्दलाई नदिई शिवाकोटीलाई टिकट दिइएको हो ।

नेकपा एमालेका नेता तथा पार्टी निकट राष्ट्रिय उद्योग व्यवसाय महासंघका उपाध्यक्ष तथा पर्यटन बोर्डको सदस्य समेत रहनु भएको उद्यमी शिावकोटी कालिन्चोक गाउँपालिका ८ सुनखानी निवासी हुनुहुन्छ । निकै भद्र, इमानदार र सालिन स्वभावको शिवाकोटी लामो समयदेखि पार्टी राजनीतिमा सक्रियातापूर्व लाग्दै आउनु भएको थियो ।

त्यस्तै प्रदेश १ को टिकट जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ र २ को टिकट भीमेश्वर नगरपालिकाका निवर्तमान मेयर भरत केसीलाई उम्मदेवार बनाउने निर्णय भएको छ ।


प्रकाशित | २१ आश्विन २०७९, शुक्रबार १७:२९