भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा दुर्लभ थापालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

भक्तपुर : नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नं. २ मा दुर्लभ थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि कांग्रेसले क्षेत्र नं. २ मा जिल्ला सभापति समेत रहेका थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उता नेकपा एमालेले भने निवर्तमान सांसद महेश बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

यो क्षेत्रमा पर्ने सूर्यविनायक नगरपालिकाको मेयर र उपमेयरसहित नेकपा एमालेले जितेको छ मध्यपुर थिमि नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा कांग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रले जितेको छ ।


प्रकाशित | २२ आश्विन २०७९, शनिबार १८:०२