भक्तपुरमा एमालेले टुंग्यायो उम्मेदवार, क्षेत्र नं. १ मा गेलाल र २ मा बस्नेत (सूचीसहित)

भक्तपुर : नेकपा एमालेले भक्तपुर जिल्लाका उम्मेदवारहरुको टुंगो लगाएको छ । एमालेले प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं.मा जिल्ला विकास समितिका निवर्तमान संयोजक समेत रहेका नवराज गेलाललाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, प्रदेश सभा भक्तपुर ‘क’ मा नारायण सुन्दर शिन्तकला, प्रदेश सभा चाँगुनारायण ‘ख’ मा मोहन वीर श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

उता प्रतिनिधिसभा भक्तपुर क्षेत्र नं. २ मा निवर्तमान सांसद महेश बस्नेत, प्रदेश सभा मध्यपुर’ ‘ख’ चन्दनकृष्ण श्रेष्ठ र प्रदेश सभा सूर्यविनायक  ‘क’ मा किरण थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेकपा एमाले भक्तपुर जिल्लाका उम्मेदवारहरु

प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं. १ :- नवराज गेलाल

प्रदेश सभा भक्तपुर ‘क’ :-नारायण सुन्दर शिन्तकला

प्रदेश सभा चाँगुनारायण ‘ख’ :- .माेहन वीर श्रेष्ठ

प्रतिनिधि सभा भक्तपुर क्षेत्र नं. २:- महेश बस्नेत

प्रदेश सभा मध्यपुर  ”ख :- चन्दनकृष्ण श्रेष्ठ

प्रदेश सभा सूर्यविनायक ‘ :”क” .किरण थापा


प्रकाशित | २१ आश्विन २०७९, शुक्रबार १९:०६