दोलखामा एमालेबाट प्रतिनिधिसभामा शिवाकोटी, प्रदेशमा श्रेष्ठ र केसीले गराए उम्मेदवारी दर्ता

दोलखा : नेकपा एमालेले दोलखाले उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न गरेको छ । पूर्वमन्त्री तथा पोलिटब्यूरो सदस्यद्वय पावृत गुरुङ र आनन्दप्रसाद पोखरेलको नेतृत्वमा गएको एमाले टोलीले प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो उम्मेदवारी दर्ता गराएको हो ।

This image has an empty alt attribute; its file name is cpn4-1024x768.jpg

एमालेले दोलखाबाट प्रतिनिधिसभामा बालकृष्ण शिवाकोटी र प्रदेशसभातर्फ क मा नरबहादुर श्रेष्ठ र ख मा भरत केसीले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

उम्मेदवारी दर्ता गराउन नेताद्वय पार्वत र आनन्दसहित पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभामा समानुपातिक उम्मेद्वार इश्वरी रिजाल, केन्द्रीय सदस्यहरु रचना खडका, सरस्वती बस्नेतलगायतका नेता कार्यकर्ताहरु निर्वाचन कार्यालय पुग्नुभएको थियो ।


प्रकाशित | २३ आश्विन २०७९, आईतवार १४:३४