नेपाली हस्तकलालाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन हङकङमा ब्यापार मेला आयोजना गरिदैं

हङकङ: नेपाली हस्तकला र हर्वललाई अन्तराष्ट्रिय बजारसम्म पु¥याउने उद्देश्यले हङकङमा चार दिने ब्यापार मेला आयोजना गरिने भएको छ । हङकङको बजारबाट नेपाली हस्तकलालाई अन्तराष्ट्रिय बजारमा पु¥याउने उद्देश्यका साथ हङकङमा दोस्रो हस्तकला प्रदर्शनी गरिन लागिएको हो । नेपाली महावाणिज्य दूतावास हङकङ आयोजना र द गोर्खाज गुप्र च्यारिटी फाउन्डेसन लिमिटेडको सहकार्य तथा हङकङ नेपाली ब्यापार संघ लिमिटेडको […]

समस्याग्रस्त जेट एयरवेजका २२ हजार कर्मचारीको रुवाबासी

एजेन्सी : जेट एरवेजका हजारौ कर्मचारीको रुवाबासी चलेको छ । महिनौंदेखि तलब नपाएपछि भारतीय विमान कम्पनी जेट एरवेजका कर्मचारीले आन्दोलन थालेका छन्। भारतको प्रमुख विमानसेवा कम्पनी जेट एयरवेजले आर्थिक संकटका कारण आफ्ना सबै उडान बन्द गरेपछि सो कम्पनीमा कार्यरत करिब २२ हजार कर्मचारी अहिले बिचल्लीमा परेका छन्। समयमै तलव नपाए पनि कुनै दिन त पाइएला […]

अस्ट्रेलियाको नयाँ आप्रवासन नीतिले नेपालीहरू पनि प्रभावित हुने चिन्ता

काठमाडौं : अधिकांश नेपाली अस्ट्रेलियामा स्थायी बसोबास गर्ने उद्देश्यले जाने गरेकाले धेरैलाई नयाँ आप्रवासन नीतिले समस्यामा पार्न सक्ने चिन्ता बढेको हो। अस्ट्रेलियामा बसोबास गरिरहेकाहरूका अनुसार पछिल्लो नीतिगत परिवर्तनपछि धेरै नेपाली विद्यार्थी आफ्नो भविष्यलाई लिएर चिन्तित बन्ने गरेको देखिएको छ। पश्चिमी अस्ट्रेलियाको पर्थस्थित वेस्टर्न अस्ट्रेलिया नेपाली सोसाइटीका अध्यक्ष मणि पनेरू भन्छन्, अहिलेका नयाँ नियमले नेपाली विद्यार्थीलाई […]

‘राष्ट्रिय खेलकूदमा पाएको सफलताले विश्वभरीका गैर आवासीय नेपाली गौरवान्वित’

काठमाडौं : पहिलो पटक राष्ट्रिय खेलकूदमा सहभागि भएको गैर आवासीय नेपाली संघका सफलताले विश्वभरीका नेपालीले गौरवान्वित महसुस गरेका छन् । एनअराएनएको इतिहासमा पहिलो पटक खेलकुदमा सहभागि जनाउँदै पाएको सफलता विश्वभरीका गैर आवासीय नेपालीको लागि गौरव गर्न लायक बनेको छ । एनआरएनए अध्यक्ष भवन भट्टले इतिहाँसमै पहिलो पटक हामी राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भइरहँदा आठौँ राष्ट्रिय […]

कोरियामा मृत्यु भएका एक नेपालीको शव अस्पताल खर्च ब्यवस्थापन गर्न नसक्दा नेपाल पठाउन कठिन

कोरिया : कोरियामा मृत्यु भएका एक नेपालीको शव अस्पतालको खर्च ब्यवस्थापन गर्न नसक्दा नेपाल पठाउन कठिन भएको छ । कोरीया थाङ्जीन हाप्दोक स्थित एक कम्पनीमा कार्यरत नेपाली युवाको थानगुक युनिभर्सिटि हस्पिटलमा हृदयघातका कारण मृत्यु भएको थियो । अस्पतालमा २ करोड ६८ लाखको बिल उठिसकेकाले खर्च ब्यवस्थापन गर्न नसक्दा शव नेपाल पठाउन कठिन भएको हो । […]

केन्यामा १२ नेपाली युवती पक्राउ

मोम्बासा: केन्याको एक बारमा प्रहरीले छापा मारी १२ नेपाली युवतीलाई नियन्त्रणमा लिएको छ । केन्याको दोश्रो ठूलो शहर मोम्बासाको न्याली क्षेत्रमा रहेको रङ्गीला बारमा छापा मारी १२ नेपाली युवतीलाई नियन्त्रणमा लिइएको प्रहरीलाई उद्धृत गर्दै केन्याको द नेशन अखबारले जनाएको छ । प्रहरीले निकै लामो अनुसन्धानपछि गैरकानूनी यौन धन्दा तथा मानव तस्करी गर्ने गिरोहलाई लक्षित गरी […]

लन्डनमा आगामी मे १२ मा बुद्ध जयन्ती मनाइने

लन्डन : लन्डनमा आगामी मे १२ मा बुद्ध जयन्ती मनाइने भएको छ । लन्डनको टाफल स्क्वायमा मनाइन लागिएको बुद्ध जयन्तीको तयारी तीब्र पारिएको छ । आइतबार सोही विषयमा सरोकारवालाहरु बीच बैठक बसेको छ । बुद्ध फाउन्डेसन युकेले नेपाली राजदुतावास लन्डन, एनआरएनएन यूके र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मे १२ मा बुद्ध जयन्ती मनाउँदै छ । […]