कोरियामा मृत्यु भएका एक नेपालीको शव अस्पताल खर्च ब्यवस्थापन गर्न नसक्दा नेपाल पठाउन कठिन

कोरिया : कोरियामा मृत्यु भएका एक नेपालीको शव अस्पतालको खर्च ब्यवस्थापन गर्न नसक्दा नेपाल पठाउन कठिन भएको छ । कोरीया थाङ्जीन हाप्दोक स्थित एक कम्पनीमा कार्यरत नेपाली युवाको थानगुक युनिभर्सिटि हस्पिटलमा हृदयघातका कारण मृत्यु भएको थियो । अस्पतालमा २ करोड ६८ लाखको बिल उठिसकेकाले खर्च ब्यवस्थापन गर्न नसक्दा शव नेपाल पठाउन कठिन भएको हो । काठमाडौंका धुव्र भण्डारीको अस्पतालमा हृदयघातका कारण मृत्यु भएको हो ।

एनआरएनएन कोरिया अध्यक्ष लक्ष्मी गुरुगंले अस्पतालको खर्च ब्यवस्थापन गर्न नसक्दा धुव्र भण्डारीको शव नेपाल पठाउन कठिन भएकाले भण्डारीको शव नेपाल पठाउन सहयोगको लागि अभियान चलाइरहेको जानकारी दिनुभयो । परिवारले शव पठाउन सक्ने खर्च ब्यर्होन सक्ने भएपनि अस्पतालको खर्च ब्यवस्थापनमा कठिन भएको अध्यक्ष लक्ष्मी गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङका अुनसार हाल सम्म नेपाली लगभग २७ लाख अर्थात दुइ करोड अठ्सठी लाख वन उठेको छ भने दैनीक लास त्यहि रहँदा एक देखि डेढ लाख वन थपिने अस्पतालले जनाएका छ ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार १०:२७