नेपाली हस्तकलालाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन हङकङमा ब्यापार मेला आयोजना गरिदैं

हङकङ: नेपाली हस्तकला र हर्वललाई अन्तराष्ट्रिय बजारसम्म पु¥याउने उद्देश्यले हङकङमा चार दिने ब्यापार मेला आयोजना गरिने भएको छ । हङकङको बजारबाट नेपाली हस्तकलालाई अन्तराष्ट्रिय बजारमा पु¥याउने उद्देश्यका साथ हङकङमा दोस्रो हस्तकला प्रदर्शनी गरिन लागिएको हो ।

नेपाली महावाणिज्य दूतावास हङकङ आयोजना र द गोर्खाज गुप्र च्यारिटी फाउन्डेसन लिमिटेडको सहकार्य तथा हङकङ नेपाली ब्यापार संघ लिमिटेडको सहयोगमा सो प्रर्दशनी हुन लागेको हो । हङकङ नेपाली ब्यापार संघ लिमिटेडले विगतका वर्षदेखि नै विकासको लागि ब्यापार, सामाजिक सेवाको लागि ब्यापार भन्ने उद्देश्यले यस्ता प्रदर्शन गर्दै आएको छ ।

प्रदर्शनीमा विशेष गरि नेपालमा उत्पादीत हस्तकलाका सामाग्रीहरु राखिने हङकङ नेपाल ब्यापार संघका अध्यक्ष प्रकाश पुनले जानकारी गराउनुभयो । अध्यक्ष पुनका अनुसार प्रदर्शनी हङकङको वान्चीमा हुनेछ । चार दिन सम्म चल्ने प्रदर्शनीको अवसरमा पर्यटन प्रबद्र्धनसमेत गरिने छ । भिजिट नेपाल २०२० प्रबद्र्धन गर्नका लागि एक वटा स्टलमा भिजिट नेपालसँग सम्बन्धीत प्रचार राखिनेछ । प्रदर्शनीमा जम्मा १० वटा स्टल रहनेछ ।

म्यादी विकास  मञ्चको अध्यक्षदेखि म्यादीको विकासमा सक्रियपूर्वक लागिपर्नु भएको पुनले प्रदशनीमा म्यादेली कोशेलीस्वस्प म्यादीमा उत्पादीत हस्तकलाका सामाग्री पनि राखिने बताउनुभयो । हङकङबाट नेपालमा लगानी भित्र्याउने देखि लगानी सम्मेलनमा हङकङबाट प्रतिनिधि ल्याउन सफल पुनले नेपालको पर्यटन प्रबद्र्धनमा विशेष गरि हङकङ, मकाउ र चीनमा नेपालको पर्यटन प्रबद्र्धनमा विशेष योगदान पुरयाउँदै आउनुभएको छ ।


प्रकाशित | ७ बैशाख २०७६, शनिबार १७:४८