‘राष्ट्रिय खेलकूदमा पाएको सफलताले विश्वभरीका गैर आवासीय नेपाली गौरवान्वित’

काठमाडौं : पहिलो पटक राष्ट्रिय खेलकूदमा सहभागि भएको गैर आवासीय नेपाली संघका सफलताले विश्वभरीका नेपालीले गौरवान्वित महसुस गरेका छन् । एनअराएनएको इतिहासमा पहिलो पटक खेलकुदमा सहभागि जनाउँदै पाएको सफलता विश्वभरीका गैर आवासीय नेपालीको लागि गौरव गर्न लायक बनेको छ ।

एनआरएनए अध्यक्ष भवन भट्टले इतिहाँसमै पहिलो पटक हामी राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भइरहँदा आठौँ राष्ट्रिय खेलकुदमा लन टेनिस तर्फ जितेको पाएको पहिलो स्वर्ण पदकले एनआरएनएको शान बढेको बताउनुभएको छ । अध्यक्ष भट्टले भन्नुभएको छ, ‘अष्ट्रेलियाबाट संरक्षक भुषण बज्राचार्यले गैरआवासीय नेपाली संघलाई स्वर्ण दिलाएका छन्, जुन संघको इतिहाँसमा पहिलो स्वर्ण हो, थाईल्याण्डबाट दावा सोनाम शेर्पा र अष्ट्रेलियाबाट अमृत पौडेलले हामीलाई लन टेनिसमै कास्य दिलाएका छन् ।’

 ‘यस्तै, जुडो तर्फ अस्ट्रेलियाबाट आएका मोहन बम र बक्सिंग तर्फ मलेसियाबाट प्रदिप घिमिरेले कास्य पदक दिलाएका छन् , हाम्रो यो ऐतिहाँसिक जित गैरआवासीय नेपालीहरुका लागि गर्वको कुरा हो’, अध्यक्ष भट्टले भन्नुभएको छ, ‘गैरआवासीय नेपाली संघको झन्डा फहराउने सम्पूर्ण खेलाडी, प्रशिक्षक र व्यवस्थापक प्रति गैरआवासीय नेपाली संघ र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्न चाहान्छु ।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार १२:४१