जापानको नागोयामा हुने ‘नेपाल फेस्टिबल’ मा नागोया सिटीका उपमेयर सहभागि हुने

टोकियो : जापानको ब्यापारिक सहर ‘नागोया’मा ‘ आगामी जुन १५ र १६ तारिखका दिन पहिलोपटक हुन लागेको ‘नेपाल फेस्टिबल’ को तयारी तीब्र पारिएको छ । जापानको राजधानी टोकियोमा केही वर्षदेखि निरन्तर आयोजना हुँदै आएको नेपाल फेस्टिबल यस वर्ष नागोयामा पनि सञ्चालन हुँदैछ । भिजिट नेपाल २०२०’ सफल बनाउने उद्देश्यले आयोजना गरिने फेस्टिवल विशेष गरि नेपालको पर्यटन […]

कञ्चनजङ्घा आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु

काठमाडौं : विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ । एक जना सम्पर्कविहीन भएका छन् । मृत्यु हुनेमा पश्चिम बङ्गालका कुन्तल करार र विप्लव वैद्य छन् । उनीहरु दुवैको मृत्यु लेक लागेर तथा थकाइका कारण भएको जनाइएको छ । नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको […]

युवा विदेश पठाउन भाषा सिकाउँदै सरकार

धनगढी : बेरोजगार युवालाई बिदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दै गर्दा सुदूरपश्चिम सरकार भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ । प्रदेशका नौवटै जिल्लाका तीन सय २० युवालाई वैदेशिक रोजगारीमा पठाउन जापानी, कोरियन र अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागिएको हो । सामाजिक विकास मन्त्रालयले तीनमहिने भाषा कक्षा सञ्चालनका […]

तीन म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागको छापा

काठमाडौं: वैदेशिक रोजगार विभागले तीन म्यानपावर कम्पनीमा छापा मारि कागतपत्र नियन्त्रणमा लिएको छ । विभागले जुपिटर ओभरसीज प्रालि, स्काई अफ दि वल्र्ड र ट्रष्ट नेपाल ओभरसीज प्रालिमा छापा मारेर केही कागतजागत नियन्त्रणमा लिएको हो । विभागका अनुसार म्यानपावर कम्पनीमा विमागका महानिर्देशक डा. भिष्मकुमार भूषालकै नेतृत्वमा छापा मारिएको हो । ती म्यानपावर कम्पनीले पूर्व स्वीकृति नै […]

हङकङमा बुद्ध जयन्तीको अवसरमा ‘बृहत्त शान्ती पद-यात्रा’ (फोटोफिचरसहित )

हङकङ : हङकङमा २५६३ औ बुद्ध जयन्तीको अवसरमा ‘बृहत्त शान्ती पद-यात्रा’ आयोजना गरिएको छ । हङकङमा रहेका विभिन्न संघसंस्थाको सहभागितामा शान्ती पदयात्रा आयोजना गरिएको हो । एनआरएनए हङकङ अध्यक्ष टिका गुरुङका अनुसार पद-यात्रामा सयौको सहभागिता रहेको थियो । हेर्नुहोस तस्विरमा पदयात्रा;  

सगरमाथा दिवसको अवसरमा मे २६ मा हङकङमा एभरेष्ट हाइकिङ : तयारी तीब्र

हङकङ: हङकङमा यही २६ मे का दिन सगरमाथा दिवसको अवसरमा आयोजना गरिन लागिएको एभरेष्ट हाइकिङको तयारी तीब्र पारिएको छ । हङकङस्थित नेपाली महावाणिज्य दूताबास र गैरआवासीय नेपाली संघ हङकङको संयुक्त आयोजनामा मे २६ का दिन बिहान ९ बजे सेन्ट्रलस्थित अब्जर्भेसन ह्विलबाट हाइकिङ शुरु गरिने कार्यक्रम रहेको एनआरएनए हङकङका अध्यक्ष टीका गुरुङले जानकारी दिनुभयो । अध्यक्ष […]

अष्ट्रेलियामा सिटी एक्सप्रेस मनि ट्रान्सफरको औपचारिक उद्घाटन

अष्ट्रेलिया: सिटी एक्सप्रेस मनि ट्रान्सफरले अष्ट्रेलियाबाट पनि आफ्नो सेवाको शुरुवात गरेको छ । शुक्रबार औपचारिक उद्घाटन सम्पन्न भएसँगै सिटी एक्सप्रेस मनि ट्रान्सफरकोे सेवा अष्ट्रेलियाबाट पनि शुरु भएको हो । शुक्रबारदेखि अष्ट्रेलियावाट पनि सिटी एक्सप्रेसमार्फ़त वैधानिक माध्यमवाट नेपालमा पैसा पठाउन सकिने व्यवस्था गरिएको छ। यस अघि यूरोपका विभिन्न मुलुकहरु ९यूके, जर्मनी, नेदरल्याण्ड, पोर्चुगल, बेल्जियम० को भ्रमण […]