सगरमाथा दिवसको अवसरमा मे २६ मा हङकङमा एभरेष्ट हाइकिङ : तयारी तीब्र

हङकङ: हङकङमा यही २६ मे का दिन सगरमाथा दिवसको अवसरमा आयोजना गरिन लागिएको एभरेष्ट हाइकिङको तयारी तीब्र पारिएको छ । हङकङस्थित नेपाली महावाणिज्य दूताबास र गैरआवासीय नेपाली संघ हङकङको संयुक्त आयोजनामा मे २६ का दिन बिहान ९ बजे सेन्ट्रलस्थित अब्जर्भेसन ह्विलबाट हाइकिङ शुरु गरिने कार्यक्रम रहेको एनआरएनए हङकङका अध्यक्ष टीका गुरुङले जानकारी दिनुभयो ।

अध्यक्ष गुरुङका अनुसार मिडलेभल स्कालेटर, कन्डुइट रिड, ह्याटन रोड, माउन्ट अस्टिन हुँदै करिब १० किलोमिटरको दुरिमा रहेको भिक्टोरिया पिकमा पुगी हाइकिङ समापन गर्ने कार्यक्रम रहेको छ। अध्यक्ष गुरुङले सगरमाथा दिवस कार्यक्रम भब्य रुपमा सफल बनाउन सबैमा सहभागिताको लागि अपिल समेत गर्नुभएको छ ।

कार्यक्रममा एनआरएनए मार्फत आएका सहभागीलाई प्रवेश शुल्क जनही २०० हङकङ डलर तथा ११–१८ बर्षका सहभागीहरुलाई १०० डलर शुल्क निर्धारण गरिएको छ । शुल्क बापत सहभागीलाई निःशुल्क टि सर्ट, लन्च बक्स तथा पदक प्रदान गरिने छ। कार्यक्रममा विदेशी कुटनीतिक नियोगका प्रतिनिधि पनि सहभागी हुनेछन् । गत वर्ष बिभिन्न देशबाट कन्सुलेटहरू तथा चाईनिजहरूको पनि सहभागी रहेको थियो ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार १०:४४