कञ्चनजङ्घा आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु

काठमाडौं : विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ । एक जना सम्पर्कविहीन भएका छन् । मृत्यु हुनेमा पश्चिम बङ्गालका कुन्तल करार र विप्लव वैद्य छन् । उनीहरु दुवैको मृत्यु लेक लागेर तथा थकाइका कारण भएको जनाइएको छ । नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधवार १० नेपालीसहित  ३६ जना पुगेका थिए ।


प्रकाशित | २ जेष्ठ २०७६, बिहीबार ११:०६