जापानको नागोयामा हुने ‘नेपाल फेस्टिबल’ मा नागोया सिटीका उपमेयर सहभागि हुने

टोकियो : जापानको ब्यापारिक सहर ‘नागोया’मा ‘ आगामी जुन १५ र १६ तारिखका दिन पहिलोपटक हुन लागेको ‘नेपाल फेस्टिबल’ को तयारी तीब्र पारिएको छ । जापानको राजधानी टोकियोमा केही वर्षदेखि निरन्तर आयोजना हुँदै आएको नेपाल फेस्टिबल यस वर्ष नागोयामा पनि सञ्चालन हुँदैछ । भिजिट नेपाल २०२०’ सफल बनाउने उद्देश्यले आयोजना गरिने फेस्टिवल विशेष गरि नेपालको पर्यटन प्रबद्र्धनमा केन्द्रित गरिनेछ । त्यस्तै तयारीस्वस्प जापानको पत्रिका च्चुनिची सिन्बुनसँग नेपाली टोलीले भेटभाट गरेको छ । टोलीले नेपाल फेस्टिवलको बारेमा जानकारी गराएको थियो ।

त्यस्तै, नागोया सिटीका उपमेयर हिरोसावा इचिरोलाई पनि जानकारी गराउँदै फेस्टिवलको निमन्त्रणा दिइएको छ । नेपाल फेस्टिवलमा उपमेयर हिरोसाव पनि सहभागी जनाउनु हुने छ भएको छ । भिजिट नेपाल सफल बनाउने प्रमुख उद्देश्यले राजदुतावास र गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको संयुक्त आयोजनामा सो फेस्टिवल आयोजना गरिन लागिएको हो । फेस्टिवल विशेष गरि जापानी नागरिकमाफ नेपालको पर्यटन प्रबद्र्धनमा केन्द्रित गरिने छ ।

एनआरएन एसिया प्याशिफिक सहसंयोजक पारसमणी पोखरेलका अनुसार फेस्टिवलमा जापानका स्थानीय मेयर, उपमेयर, विभिन्न निकायका प्रमुख र स्थानीयको बाक्लो सहभागितामा गरिनेछ । आगामी जुन १५ र १६ दूई दिन आयोजना गरिन लागिएको फेस्टिवलमा २० हजार हाराहारीले अवलोकन गर्ने अपेक्षा राखिएको पोखरेलले बताउनुभयो ।

भिजीट नेपाल कार्यक्रमलाई कसरी सफल बनाउन सकिन्छ भन्ने उद्देश्यले आयोजना गरिन लागिएको फेस्टिवल नेपाल एयरलायन्सले उडान भर्न लागेको पूर्वसन्ध्यामा गरिनेछ । फेस्टिवलमा खानाको स्टल १२ वटा, नर्मल स्टल २० वटाराखिनेछ । साथै अन्य विभिन्न नेपालको प्रचार प्रसार गर्ने तथा पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने खालका स्टल राखिने कार्यक्रम रहेको छ । कार्यक्रममा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्षहरु उपेन्द्र महत्तो, जीवा लामिछाने, शेष घले, जमुना गुरुगं, वर्तमान अध्यक्ष भवन भट्टलगायतको सभागिता रहनेछ ।


प्रकाशित | २ जेष्ठ २०७६, बिहीबार १८:२७