तीन म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागको छापा

काठमाडौं: वैदेशिक रोजगार विभागले तीन म्यानपावर कम्पनीमा छापा मारि कागतपत्र नियन्त्रणमा लिएको छ । विभागले जुपिटर ओभरसीज प्रालि, स्काई अफ दि वल्र्ड र ट्रष्ट नेपाल ओभरसीज प्रालिमा छापा मारेर केही कागतजागत नियन्त्रणमा लिएको हो ।

विभागका अनुसार म्यानपावर कम्पनीमा विमागका महानिर्देशक डा. भिष्मकुमार भूषालकै नेतृत्वमा छापा मारिएको हो । ती म्यानपावर कम्पनीले पूर्व स्वीकृति नै नगरि मलेसियाको इमिग्रेसन सेक्युरिटी क्लियरेनस (आईएससी) गराउन कामदार पठाएको उजुरी विभागमा परेको थियो । सरकारले नयाँ कामदार पठाउन अनुमति नदिएको अवस्थामा पनि प्रति कामदार ३२ सय रुपैंया लिएर मलेसियाको जिएसजी गराएको दावी विभागमा परेको उजुरीमा रहेको बताइएको छ ।

जुपिटर ओभरसीज प्रालि र स्काई अफ द वल्र्डमा फ्रि भिसा, फ्रि टिकट अन्तरगतको डिमाण्डमा कामदार छनौटमा समस्या देखिका कारण छापा मारिएको विभागले जानकारी दिएको छ ।रोजगारीका क्रममा कामदारलाई समस्या पर्ने र ठगि गर्ने कुनै पनि म्यानवारलाई कानुन छुट नुहने महानिर्देशक डा. भुषालले बताउनुभयो ।


प्रकाशित | ३१ बैशाख २०७६, मंगलवार १०:५७