विश्वकप क्रिकेट : अष्ट्रेलियाविरुद्ध पहिलो ब्याटिङ गर्दै अफगानिस्तान

एजेन्सी :  एकदिवसिय विश्वकप क्रिकेट अन्तर्गत शनिवारको दोस्रो खेलमा अष्ट्रेलियाविरुद्ध अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । ब्रिस्टलमा टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । विश्वकपकै सर्वाधिक सफल टोली अष्ट्रेलिया र विश्वक्रिकेटमा उदाउँदो अफगानिस्ताबीच रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । अष्ट्रेलियाको प्लेइङ ११ : आरोन फिन्च (कप्तान), डेविड वार्नर, उस्मान […]

च्याम्पियन्स लिग: टोटेनहम र लिभरपुल उपाधिका लागि भिड्दै

काठमाडौं :  क्लब फुटबलकै सर्वाधिक ठुलो प्रतियोगिता युईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि भिडन्त आज (शनिबार) राति हुँदैछ । स्पेनको मड्रिडमा हुने फाइनलमा भिड्दै छन् दुई इन्ग्लिश क्लब – टोटेनहम र लिभरपुल । खेल नेपाली समय अनुसार राति १२:४५ मा सुरु हुनेछ । सन् २००८ पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा दुई इन्ग्लिश क्लब भिड्न लागेका हुन् […]

विश्वकप क्रिकेटः वेस्ट इन्डिजको सानदार विजयी सुरुवात

एजेन्सी :  वेष्ट इण्डिजले इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै वेष्ट इण्डिजले सुखद सुरुवात गरेको हो । इंग्ल्याण्डको नटिङघममा पाकिस्तानले दिएको १०६ रनको सामान्य लक्ष्य पाकिस्तानले १३ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । वेष्ट इण्डिजको जितमा क्रिस गेलले […]

ए डिभिजन लिग आगामी मंसिर १२ गतेबाट सञ्चालन गर्ने एन्फाको निर्णय

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ए डिभिजन लिग मंसिर १२ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । एन्फाको ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको कार्यसमिति बैठकले शीर्ष डिभिजनको लिग मंसिरको १२ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको हो । त्यस्तै, बैठकले एन्फा प्रेसिडेन्ट कपको उत्कृष्ट ४ टिम र ए डिभिजन लिगका उत्कृष्ट ६ […]

इंग्ल्यान्डको विजयी सुरुवात

एजेन्सी : घरेलु टोली इंग्ल्यान्डले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बिहीबार राती उद्धघाटन खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । घरेलु टोली इंग्ल्यान्डले प्रस्तुत गरेको ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा २ सय ७ रन बनाउन सबै विकेट गुमायो […]

दक्षिण अफ्रिकालाई इङ्ल्यान्डले दियो ३१२ रनको लक्ष्य

एजेन्सी :  अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट ब्याटिङमा एकदिवसिय विश्वकप क्रिकेटको उद्धघाटन खेलमा घरेलु टोली इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ३ सय १२ रनको लक्ष्य दिएको छ । ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ११ रन बनायो । इंग्ल्यान्डका लागि मध्यक्रमका बेन स्टोक्सले ८९ रनको महत्वपूर्ण योगदान […]

यस्तो छ विश्वकप क्रिकेटको खेल तालिका

एजेन्सी :  विश्व क्रिकेटको कुम्भमेला आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण आज (बिहिबार) बाट सुरु हुँदैछ । इंग्ल्याण्ड र वेल्सको विभिन्न सहरमा आयोजना हुने विश्वकपमा १० टोलीको सहभागिता रहेको छ । विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ ।  यस संस्करणको विश्वकप क्रिकेट आगामी जुलाई १४ सम्म चल्नेछ । सहभागी १० […]