ए डिभिजन लिग आगामी मंसिर १२ गतेबाट सञ्चालन गर्ने एन्फाको निर्णय

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ए डिभिजन लिग मंसिर १२ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । एन्फाको ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको कार्यसमिति बैठकले शीर्ष डिभिजनको लिग मंसिरको १२ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले एन्फा प्रेसिडेन्ट कपको उत्कृष्ट ४ टिम र ए डिभिजन लिगका उत्कृष्ट ६ टिम समावेश गर्दै यसै बर्ष राष्ट्रिय लिग सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्ला लिगबाट प्रथम हुने टिमको सहभागीतामा ७ प्रदेशका ७ टिमबीच एन्फा प्रेसिडेण्ट कप सञ्चालन गरिने निर्णय समेत भएको छ ।

त्यस्तैगरि प्रदेश लिग सञ्चालन गर्न प्रदेश १ मा किरण राई, प्रदेश २ मा नेपाल कार्की, प्रदेश ३ मा बाबुकाजी बस्नेत, प्रदेश ५ मा भुपेन्द्र जंग थापा, प्रदेश ६ मा भीमबहादुर थापा र प्रदेश ७ मा प्रकाश विष्टको संयोजकत्वमा लिग सञ्चालन गर्न समिति गठन गरिएको छ ।


प्रकाशित | १७ जेष्ठ २०७६, शुक्रबार २०:०७