विश्वकप क्रिकेट : अष्ट्रेलियाविरुद्ध पहिलो ब्याटिङ गर्दै अफगानिस्तान

एजेन्सी :  एकदिवसिय विश्वकप क्रिकेट अन्तर्गत शनिवारको दोस्रो खेलमा अष्ट्रेलियाविरुद्ध अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । ब्रिस्टलमा टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । विश्वकपकै सर्वाधिक सफल टोली अष्ट्रेलिया र विश्वक्रिकेटमा उदाउँदो अफगानिस्ताबीच रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

अष्ट्रेलियाको प्लेइङ ११ : आरोन फिन्च (कप्तान), डेविड वार्नर, उस्मान खवाजा, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, एलेक्स केरी, नाथन कुल्टर नाइल, प्याट कमिन्स, मिचेल स्टार्क, एडम जम्पा

अफगानिस्तानको प्लेइङ ११ : मोहम्मद सहजाद, हज्रतुल्लाह जजाई, रहमत शाह, हसमतुल्लाह शाहिदी, नाजिवुल्लाह ज्रदान, मोहम्मद नाबी, गुलबदीन नाइब(कप्तान), राशिद खान, दवालत जडान, मुजिव उर रहमान, हमिद हसन


प्रकाशित | १८ जेष्ठ २०७६, शनिबार १९:२८