चाँगुनारायण नगरपालिकामा खेलकूद पूर्वाधार विकासका लागि ५ करोड बजेट विनियोजन

भक्तपुर: चाँगुनारायण नगरपालिकाले युवाहरुका लागि लक्षित गरि खेलकूद पूर्वाधार विकास गर्न रु ५ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा सो बजेट विनियोजन गरिएको हो ।

नगरपालिकाले युवा सशक्तीकरणका लागि युवा प्रतिभाको पहिचान कार्यक्रम सञ्चालन गरिनुका साथै युवाहरुलाई खेलकूद, योगजस्ता सामूहिक क्रियाकलपमा सहभागि हुने वातावरण सृजना गर्ने नीति समेत लिएको छ ।

त्यस्तै, नगरस्तरीय तथा विद्यालयस्तरीय खेलकूद गतिविधिलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न खेलकूद क्यालेन्डर तयार गरिने भएको छ ।

साथै नगरको खेलकूद प्रबद्र्धनका निम्ति नगर खेलकूद विकास समितिको प्रभावकारित अभिबृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तैगरि, नगरपालिकाले नगर युवा परिषद्को गठन, संचालन, ब्यवस्थापन तथा परिचालन गर्ने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।


प्रकाशित | २४ असार २०८०, आईतवार २१:३७