अन्तर नगरपालिकास्तरीय एथलेटीक्समा विजयी खेलाडीलाई चाँगुनारायण नगरपालिकाको सम्मान

भक्तपुर : चन्द्रागिरी नगरपालिकाको आयोजनामा भएको अन्तर नगरस्तरीय खेलमा विजयी खेलाडीलाई चाँगुनारायण नगरपालिकाले सम्मान गरेको छ । एथलेटिक्स तर्फ तेस्रो स्थान हासिल गर्ने चाँगुनारायण नगरपालिकाका खेलाडीलाई सम्मान गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले खेलाडीलाई खादा लगाएर सम्मान गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै पन्थीले खेलाडी कुनै जात, क्षेत्र र भूगोल विेशेषको नहुने भन्दै खेलाडी भाई बहिनीहरुलाई बधाई ज्ञापन गर्नुभयो ।

सोही अवसरमा प्रमुख प्रशासकीय अधिकृत पन्थीले चाँगुनारायण नगरपालिका नगर खेलकुद विकास समितिका संयोजक रघु केसीलाई पनि सम्मान गर्नु भएको थियो ।


प्रकाशित | १५ आश्विन २०८०, सोमबार १०:५५