एनआरएनए हङकङले उपाध्यक्षमा त्रिलोक, महिला सचिवमा टिका र डिआरसीमा दिलिपसिंहलाई उठाउने

हङकङ –  गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं विश्व सम्मेलनमा एनसिसी हङकङले तीन जनालाई अगाडि सारेको छ । सोमबार बसेको एनसीसी हङकङको बैठकले हङकङबाट आधिकारिक रुपमा आइसिसी उपाध्यक्ष, महिला सचिव र एसिया प्याशिफिक क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

अध्यक्ष गोकर्ण ढकालका अनुसार आइसिसी उपाध्यक्षमा पूर्व एसिया प्यासिफिक संयोजक त्रिलोक गुरुङ, महिला सचिवमा निवर्तमान अध्यक्ष टीका गुरुङ (राधिका) र एसिया प्यासिफिक उपसंयोजकमा आइसीसी सदस्य दिलिपसिंह गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

तीनै जनालाई निर्वाचनमा जीताउन एनसीसी हङकङ एक ढिक्का भएर लाग्ने निर्णय गरिएको पनि अध्यक्ष ढकालले बताउनु भयो ।


प्रकाशित | ३२ श्रावण २०७८, सोमबार २२:१८