भक्तपुर नगरपालिकाले थाल्यो शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत दरमा ऋण वितरण

भक्तपुर: भक्तपुर नगरपालिकाले शैक्षिक प्रमाणपत्र धितो राखेर आइतबारदेखि शैक्षिक ऋण वितरण गर्न थालेको छ । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र स्थायी बसोबास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) धितो राखेर सहुलियत ब्याज दरमा रु ५,००,००० सम्मको शैक्षिक ऋणको व्यवस्था गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक अभावका कारण कुनै पनि […]

ठूला करदाताले अझै तिरेनन् कर, २१ करोडभन्दा बढी बक्यौता

ललितपुर : ललितपुर महानगरपालिकाको जग्गा भाडामा लिएर पैसा, व्यवसाय सञ्चालन गर्दै आएका दर्जनभन्दा बढी ठूला करदाताले अझै कर बुझाएका छैनन् । महानगरपालिकाका अनुसार ठूला करदाताबाट २१ करोड रुपैयाँभन्दा बढी उठाउन बाँकी छ । महानगरपालिकालाई २० लाख देखि १० करोड रुपैयाँसम्म कर बुझाउन बाँकी रहेकामा मल, विद्यालय, क्याम्पस, डिपार्टमेन्ट स्टोर, सरकारी कार्यालय, विभिन्न संघसंस्था छन् । […]

यस्तो छ आइतबारको लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ : आज जेष्ठ २६ गते आइतबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ८६ र ब्रिक्रीदर १११ रुपैयाँ ४६ पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२४ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ६० पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ९१ पैसा […]

आगामी वर्ष पाँच लाख युवालाई रोजगारीको ज्ञारेन्टी गर्ने श्रम मन्त्री विष्टको घोषणा

भक्तपुर :  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आगामी वर्ष पाँच लाख युवालाई रोजगारीको ज्ञारेन्टी गर्दै नेपाललाई क्रमिक रुपमा रोजगारिमय भएको देशको रुपमा परिचित गराउने बताउनुभएको छ । भक्तपुरमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री विष्टले वर्तमान सरकारको लक्ष्य देशमा भएको गरिवि तथा अभावको अन्त्य गर्नु भएको बताउँदै नेपाली युवालाई कामसँग जोड्नु मूख्य […]

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ: सरकारले अब घर–घरमा पुगेर रोजगारी दिने उद्घोष

भक्तपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले अब सरकारले कोही पनि काम नपाएर विदेशिनु नपर्ने गरि घर घरमा पुगेर रोजगारी दिने बताउनुभएको छ । भक्तपुरबाट ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सरकारले बेरोजगारलाई घरघरमा गएर रोजगारी दिने बताउनुभएको हो । कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकारले अब घर–घर पुगेर रोजगारी दिन्छ, सरकार कहाँ छ भन्नेलाई […]

सनराइज बैंकको शाखा मूलपानीमा विस्तार

काठमाडौं: सनराइज बैंकले काठमाडौंस्थित मूलपानीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमकाबीच कागेश्वरी मनोहरा नगरपालिकाको मेयर कृष्णहरि थापा र सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रूपमा उद्घाटन गर्दै शाखा सञ्चालनमा ल्याइएको हो । सो कार्यक्रममा सनराइज बैंकका नायव महाप्रबन्धक अपछकुमार यादवलगायत बैंकका पदाधिकारीहरूको उपस्थिति रहेको बैंकले जनाएको छ ।

कस्तो छ सुनचाँदीको मूल्य ?

काठमाडौंः आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा शुक्रबारछापावाला सुन स्थिर रहँदै प्रतितोला ६२ हजार ३ सय रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६२ हजार रुपैयाँमै कारोबार भईरहेको छ । यसैगरी, चाँदी आज पनि स्थिर रहँदै प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार […]