सनराइज बैंकको शाखा मूलपानीमा विस्तार

काठमाडौं: सनराइज बैंकले काठमाडौंस्थित मूलपानीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमकाबीच कागेश्वरी मनोहरा नगरपालिकाको मेयर कृष्णहरि थापा र सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रूपमा उद्घाटन गर्दै शाखा सञ्चालनमा ल्याइएको हो । सो कार्यक्रममा सनराइज बैंकका नायव महाप्रबन्धक अपछकुमार यादवलगायत बैंकका पदाधिकारीहरूको उपस्थिति रहेको बैंकले जनाएको छ ।


प्रकाशित | २४ जेष्ठ २०७६, शुक्रबार १४:१२