राष्ट्रपतिबाट तेजाब आक्रमण नियन्त्रण तथा नियमनसम्बन्धी दुई अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब आक्रमणका घट्ना नियन्त्रणका लागि सरकारले ल्याएका दुईवटा अध्यादेश जारी गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रसायन पदार्थ नियमनसम्बन्धी अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ जारी गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार नेपालको संविधानको […]

स्यानिटाइजरमा गम्भीर असर पर्ने विषाक्त रसायन भेटिएपछि थप ९ वटा कम्पनीमाथि प्रतिबन्ध

काठमाडौं : विषाक्त रसायन मिथानेल भेटिएपछि औषधि व्यवस्था विभागले थप ९ वटा स्यानिटाइजर उत्पादन गर्ने कम्पनीमाथि प्रतिवन्ध लगाएको छ। राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने भएकाले थप ९ वटा स्यानिटाइजर उत्पादन गर्ने कम्पनीमाथि प्रतिबन्ध लगाइएको विभागले जनाएको छ। विभागका अनुसार प्रतिबन्ध लगाइएका […]

दशैँका लागि खसीबोका र च्याङ्ग्रा घटस्थापनाभित्रै काठमाडौँमा ल्याइने

काठमाडौँ । आगामी दशैँका लागि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका तथा च्याङ्ग्रा किन्ने तयारी थालेको छ । खाद्य कम्पनीका प्रवक्ता शर्मिला सुवेदीले घटस्थापनाभित्रै काठमाडौँमा च्याङ्ग्रा र खसीबोका ल्याउने गरी तयारी थालेको जानकारी दिनुभयो । त्यसका लागि कम्पनीले ढुवानी प्रस्ताव आह्वान गरेको छ । उहाँले तत्काल एक हजार च्याङ्ग्रा ढुवानीका लागि प्रस्ताव गरिएको र […]

काठमाडौं उपत्यकामा ८०९ सहित १ हजार ५७३ कोरोना संक्रमित थपिए, १० को मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार १२३ नमुना परिक्षणमध्ये १ हजार ५७३ जनामा संक्रमण देखिएको हो। योसँगै संक्रमितको कुल संख्या ७३ हजार ३९४ पुगेको छ। पछिल्लो २४ घण्टामा ८८५ जना डिस्चार्ज भएका […]

खर्कमै बित्यो आधा शताब्दी

चुवाखोला (हुम्ला) । माथिल्लो हुम्लाका हिमाली क्षेत्रका बासिन्दा ४५ देखि ५५ वर्षसम्म चौँरी तथा पालुवा पशुको खर्कमा बस्ने गरेको पाइएको छ । खर्कमा बस्ने मानिसलाई स्थानीय बोलीचालीमा खर्काला लाग्ने भनिन्छ । घरको एक जना मानिस चुवाखोला क्षेत्रमा खर्कालाका रूपमा बस्नैपर्ने भएपछि उहाँहरूको दैनिकी यसरी बित्दै आएको छ । उहाँहरूको आधा शताब्दी खर्कमै बितेको छ । सिमकोट गाउँपालिका–१, दोजामकी नाथेर्मा लामा […]

नेपालमा १ हजार २०७ कोरोना संक्रमित थपिए, १ हजार १४७ डिस्चार्च

काठमाडौं : नेपालमा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ६ हजार ३३१ जना क्वारेन्टाइनमा छन्। हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ८३३ संस्थागत आइसोलेसनमा छन्। होम […]

आजबाट मौसममा क्रमिक रुपमा सुधार हुने पूर्वानुमान

काठमाडौं । केही दिनदेखि परेको लगातारको झरी आजदेखि भने कम भई मौसम खुल्दै जाने मौसमविदले जनाएका छन् । बङ्गालको खाडीबाट भित्रिने पश्चिमी वायुको प्रभावले आजदेखि मौसममा सुधार आउने देखिएको मौसम पूर्वानुमानन महाशाखाले जनाएको छ । भारतको छत्तीसगढको उत्तर पश्चिम हुँदै भारतकै मध्यप्रदेशको पूर्वी क्षेत्रमा विकसित भएको न्यूनचापीय क्षेत्रले नेपालमा मनसुन सक्रिय गराएको थियो । केही […]