असुरक्षित गर्भपतन कायमै

काठमाडौँ । सुरक्षित गर्भ पतन सेवाले मान्यता पाएको १८ वर्ष भए पनि आवश्यक पर्ने महिलाको पहुुँचमा यो सेवा अझै पुुग्न सकेको छैन । १८ वर्षअघि असोज १० को मुलुकी ऐनको ११औँ संशोधनमार्फत गर्भ पतन गराउनुपर्ने आवश्यकता भएका महिलाले यस्तो सेवा लिन पाउने कानुनी मान्यता प्राप्त भएको थियो । त्यसभन्दा अघि गर्भ पतन गराएमा कारागार सजाय […]

एसिड आक्रमण गर्नेलाई अब २० वर्षसम्म कैद र १० लाख रुपियाँ जरिवाना

काठमाडौँ । सरकारले एसिड आक्रमणको कसुरमा दोब्बरभन्दा बढी कैद सजाय बढाएर नयाँ अध्यादेश सिफारिस गरेको छ । हाल कम्तीमा तीनदेखि आठ वर्षको सजाय बढाएर २० वर्षसम्म पु¥याइएको छ । एसिड आक्रमणबाट कसैको मृत्यु भएमा ज्यान मारे सरहको सजाय हुनेछ । आक्रमणबाट अनुहार तथा शरीरका कुनै पनि भागमा पूर्ण क्षति भएमा २० वर्षसम्म कैद र १० […]

दशैँको अग्रिम टिकट कात्तिक लागेपछि मात्र

काठमाडौँ । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन् । हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । कलेज तथा विद्यालय पनि खुला नभएकाले निकै कम विद्यार्थी मात्र काठमाडौँमा रहेकाले ढिलो गरी खुलाए पनि हुने महासङ्घले […]

अन्ततः खुल्यो लोकसेवा, रोकिएका सबै परीक्षा धमाधम सुचारु हुँदै

काठमाडौँ : कोभिड–१९ को महामारी सुरु भएपछि रोकिएका लोकसेवा आयोगका सबै परीक्षा धमाधम सञ्चालन हुने भएका छन् । सरकारले लोकसेवा आयोगको स्थगित परीक्षा सुचारु गर्ने निर्णय गरेसँगै आयोगले यसअघि रोकिएका विभिन्न सेवा समूह, श्रेणी तथा तहका परीक्षा सञ्चालनको प्रक्रिया अघि बढाएको छ । कोरोनाका कारण १० हजार बढी पदमा परीक्षा हुन सकेको थिएन । लोकसेवा […]

वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुको रोजगारी र पुर्नस्थापनाका लागि मन्त्री पार्वत गुरूङ सक्रिय

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले कोरोना भाईरस (कोभिड–१९) का कारण वाध्यतावश रोजगारी वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुको रोजगारी र पुर्नस्थापनाका लागि काम गरिरहेको बताउनुभयो । हाम्रो सम्मान परियोजनाको सहयोगमा वैदेशिक पत्रकार समाजले शुक्रबार आयोजना गरेको ‘वैदेशिक रोजगारबाट समस्यामा परी फर्किएका महिला, बालबालिका तथा गर्भवती महिलाहरूको विषयक’ कार्यक्रममा बोल्दै मन्त्री गुरूङले नेपाली […]

कुलमान घिसिङलाई नै पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा : ऊर्जा मन्त्री पुन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको बताउनुभएको छ । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहितका उपकार्यकारी निर्देशकलाई मन्त्रालयमा बोलाएर दिएको निर्देशनको क्रममा उक्त जानकारी दिनुभएको हो । मन्त्री पुनले आफूले कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशक नियुक्ति […]

निरन्तर वर्षा: देशका विभिन्न भागमा आज पनि झरी जारी रहने

काठमाडौं । विगत केही दिनदेखि परिरहेको झरी आज पनि जारी रहने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर दिउँसोको मौसममा सामान्यदेखि अधिकांश बदली रहनेछ । केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदहरुले बताएका छन्। प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक दुई […]