नेपालमा १ हजार २०७ कोरोना संक्रमित थपिए, १ हजार १४७ डिस्चार्च

काठमाडौं : नेपालमा थप १ हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ६ हजार ३३१ जना क्वारेन्टाइनमा छन्। हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ८३३ संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा भने १० हजार ५ सय ८ जना छन्।

पछिल्लो २४ घण्टामा १ हजार १४७ डिस्चार्च निको भएका छन्। योसँगै ५३ हजार १३ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७३.८ प्रतिशत हो।

नेपालमा थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा उपत्यकामा चारसहित आज ८ जनाको पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा २० र ७४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै भक्तपुरमा ८८ र ललितपुरमा ७६ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी सप्तरीमा ६३, मकवानुरमा ७४, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


प्रकाशित | १० आश्विन २०७७, शनिबार १६:३२