काठमाडौं उपत्यकामा ८०९ सहित १ हजार ५७३ कोरोना संक्रमित थपिए, १० को मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार १२३ नमुना परिक्षणमध्ये १ हजार ५७३ जनामा संक्रमण देखिएको हो। योसँगै संक्रमितको कुल संख्या ७३ हजार ३९४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८८५ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ। देशभर १९ हजार १९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।

उपत्यकामा ८०९ थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनालाई कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा कोराना संक्रमितको संख्या २१ हजार ५०७ पुगेको छ। काठमाडौंमा १७ हजार ४८३ ललितपुरमा २ हजार ९९ र भक्तपुरमा १ हजार ९२५ संक्रमित पुगेका छन्।

थप १० कोरोना संक्रमितको मृत्यु

नेपालमा कोरोनाबाट हालसम्म ४७७ जनाको मृत्यु भएको छ। आइतबार मात्रै १० जनाको मृत्यु भएको छ। ६ वटा जिल्लाका १ महिला र ९ पुरुष गरी १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बारामा २०, ललितपुरमा ४२ र ७७ वर्षीय पुरुष, काठमाडौंमा ५० वर्षीया महिला, ६१ र ६२ वर्षीय पुरुष, रुपन्देहीमा ७२, बर्दियामा ६३ र ५०, अछाममा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ । 


प्रकाशित | ११ आश्विन २०७७, आईतवार १६:३९