काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब आक्रमणका घट्ना नियन्त्रणका लागि सरकारले ल्याएका दुईवटा अध्यादेश जारी गर्नुभएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रसायन पदार्थ नियमनसम्बन्धी अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ जारी गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले अध्यादेश जारी गर्नुभएको हो ।
अब एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था गरिएको हो । असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।
प्रकाशित | १२ आश्विन २०७७, सोमबार १६:१३