खनाल- नेपाल समूहले बोलायो केन्द्रीय सदस्यहरुको बैठक

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले भोलि शुक्रबारका लागि केन्द्रीय सदस्यहरुको बैठक आह्वान गरेको छ । बैठक बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा बस्नेछ । बैठकमा वरिष्ठ नेता नेपाललगायतलाई सोधीएको स्पष्टीकरणको विषयमा छलफल गरिने बताइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली समूहको बैठकले वरिष्ठ नेता नेपालसँगै भीम […]

नेपालमा फेरि लकडाउन होला ?

काठमाडौं । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै जाँदा नेपालमा फेरि लकडाउन हुन सक्ने अड्कलबाजी गरिन थालीएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुन गएमा संक्रमणको चक्र रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताइरहँदा पछिल्लो तथ्यांकले लकडाउनको खतरा बढेर गएको देखिन्छ । पछिल्लो समय नेपालमा मानिसहरुको अनावश्यक भिडभाड, मास्क नलगाउने र सामाजिक […]

भारतले लगायो कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ निर्यातमा रोक

नयाँ दिल्ली । भारतले कोरोनाविरुद्धको भ्याक्सिन ‘कोभिशिल्ड’ निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ । भारतमा अक्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोभिशिल्ड भ्याक्सिन निर्यातमा अस्थायी रोक लगाइएको हो । भारतीय विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले भारतमै कोरोना संक्रमितको संख्या बढिरहेकाले तत्काललाई भ्याक्सिन निर्यात रोकिएको जनाएको छ । भारतमा कोरोनाको नयाँ लहर शुरू भएको छ, जहाँ दिनहुँ ५० हजार हाराहारीमा संक्रमित […]

दोस्रो लहरको त्रासः ब्युँताउन थालियो कोभिड अस्पताल

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम फेरि बढेसँगै आवश्यक भौतिक संरचना ब्युँताउन थालिएको छ । स्थानीय तह र प्रशासनले कोभिड अस्पताल, क्वारेन्टिनदेखि आइसोलेसनसम्म पुनः सञ्चालन गर्ने तयारी थालेका छन् । प्रदेश १ सरकारले विराटनगर–१० मा सञ्चालन गरेको कोभिड–१९ अस्पताल कोरोना संक्रमण शून्य अवस्थामा झरेसँगै बन्द थियो । तर, फेरि संक्रमणको जोखिम देखिएकाले करारका कर्मचारी पुनः […]

१० ठाउँमा पेट्रोलियम अन्वेषण गर्ने तयारी

काठमाडौँ । खानी तथा भूगर्भ विभागले गर्ने प्रक्रिया अगाडि बढाएको छ । अन्वेषण गर्न बोलपत्र आह्वानका लागि आवश्यक तयारी पूरा गरी स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गरिएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ । आयोजनाका प्रमुख डा. सुधीर रजौरेले दैलेख क्षेत्रबाहेक मुलुकको विभिन्न ठाउँमा पेट्रोलियम अन्वेषण गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । […]

क्वारेन्टिन र आइसोलेसनको अवस्था अपडेट गराउन गृहको परिपत्र

काठमाडौं । सरकारले देशभरका जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनको अवस्था अपडेट गराउन परिपत्र गरेको छ । गृह मन्त्रालयले ७७ वटै जिल्लाका क्वारेन्टिन र आइसोलेसन फेरि पनि आवश्यक पर्ने अवस्थालाई मध्यनजर गरेर अपडेट राख्न परिपत्र गरेको जनाएको हो । मन्त्रालयले यही चैत्र ९ गते सबै जिल्लालाई परिपत्र गरिएको छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको […]

प्रदेश १ का मुख्यमन्त्री राईको पद जोगियो, नेपाल पक्ष अविश्वास प्रस्ताव फिर्ता लिन तयार

विराटनगर । अविश्वास प्रस्ताव फिर्ता लिने सहमतिसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सत्ता संकट टरेको छ । आज बसेको नेकपा एमाले संसदीय दलको बैठकमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदले अविश्वासको प्रस्ताव फिर्ता लिने सहमति जनाएपछि मुख्यमन्त्री राईको पद जोगिएको छ । नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन […]