खनाल- नेपाल समूहले बोलायो केन्द्रीय सदस्यहरुको बैठक

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले भोलि शुक्रबारका लागि केन्द्रीय सदस्यहरुको बैठक आह्वान गरेको छ । बैठक बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा बस्नेछ । बैठकमा वरिष्ठ नेता नेपाललगायतलाई सोधीएको स्पष्टीकरणको विषयमा छलफल गरिने बताइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली समूहको बैठकले वरिष्ठ नेता नेपालसँगै भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । महासचिव ईश्वर पोखरलले सोमबार स्पष्टीकरण पत्र काट्दै तीन दिनभित्र जवाफ दिन माग गर्नुभएको थियो ।


प्रकाशित | १२ चैत्र २०७७, बिहीबार १३:१९