प्रदेश १ का मुख्यमन्त्री राईको पद जोगियो, नेपाल पक्ष अविश्वास प्रस्ताव फिर्ता लिन तयार

विराटनगर । अविश्वास प्रस्ताव फिर्ता लिने सहमतिसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सत्ता संकट टरेको छ । आज बसेको नेकपा एमाले संसदीय दलको बैठकमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदले अविश्वासको प्रस्ताव फिर्ता लिने सहमति जनाएपछि मुख्यमन्त्री राईको पद जोगिएको छ ।

नेकपा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन सांसदहरुलाई निर्देशन दिएको छ । माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु पनि हस्ताक्षर फिर्ता लिन सहमत भएका छन् ।

एमाले संसदीय दलको बैठकमा नेपाल–खनाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी थिए । संसदीय दलको बैठकमा राईले अविश्वास प्रस्ताव फिर्ता नलिए विधान अनुसार कारबाही थालिने जानकारी गराउनुभएको छ ।

एमालेका नेपाल पक्षका सांसदले हिजो अर्कै परिस्थितिमा अविस्वास प्रस्ताव दर्ता गरेको र अब परिस्थिति बदलिएकाले सामुहिक रुपमा नै अविस्वास प्रस्ताव फिर्ता लिने बताएका छन् ।

अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारीआफ्नो पक्षका दुई जना सांसद बैठकमा सहभागी भएको नेपाल–खनाल पक्षका नेता एवम् सांसद राजेन्द्र राईले जानकारी दिनुभयो ।

प्रदेश १ सभामा एमालेका ५१ सांसद मध्ये नेपालखनाल पक्षका २० जना छन् । प्रदेश एकमा एमाले एक्लैको बहुमत छ ।


प्रकाशित | ११ चैत्र २०७७, बुधबार २०:०२