नेकपा खारेज फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेकपा एकता खारेज गर्ने फैसलाविरुद्ध पुनरावलोकनका लागि जाने निर्णय गरेको छ। केन्द्रका स्थायी कमिटी सदस्य र कानुन व्यवसायीबीच माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा कानुन व्यवसायीले सर्वोच्चले नेकपा एकीकरण सम्बन्धमा फागुन २३ गते गरेको फैसलाको पुनरावलोकनमा जान सुझाव दिएपछि माओवादी केन्द्रले उक्त निर्णयमा पुगेको हो। माओवादी केन्द्रका अध्यक्ष […]

सरकारसँग वार्ता गर्न जसपा नेताहरु बालुवाटारमा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेताहरु बालुवाटार पुगेका छन् ।अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोका साथै शर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण सरकारसँग वार्ता गर्न भन्दै बालुवाटार पुगेका हुन् । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको समर्थन लिने प्रयास गर्दै आउनु भएको छ । त्यसका लागि निरन्तर सम्वाद भएपनि अहिलेसम्म पनि […]

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । सर्वोच्च अदालतको आदेशसँगै पुनर्स्थापनापछि पाँचौ पटक बस्न लागेको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ र ‘महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत […]

मेलम्चीको पानी यसै हप्ता वितरण प्रणालीमा, पानी पिउन योग्य आउने

काठमाडौँ । मेलम्चीबाट पहिलो चरणमा आउने पानी खान मिल्ने प्रशोधित पानी आउने भएको छ । मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा पठाउन तोकिएकै समय अर्थात् यही चैत्र १५ गते भित्र आउने भएको छ । कार्यविधि अनुसार १० दिन सुरुङ भित्र पानी होल्ड गरेर राख्नु पर्ने भएकाले यसै अनुसार पानी राखिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले […]

बङ्गलादेशसँग चार सम्झौता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र बङ्गलादेशबीचको सम्पर्क सञ्जाल थप बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रपति भण्डारीले बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु सेख मुजिबुर रहमानको जन्मशताब्दी समारोह तथा बङ्गलादेश स्वतन्त्रताको स्वर्णजयन्ती समारोहलाई सोमबार ढाकामा सम्बोधन गर्नुहुँदै भन्नुभयो, “सम्पर्क सञ्जाल सुधार गर्न सकिन्छ, यसले यातायात र व्यापार लागत कम गराउँछ ।” दुई देशबीच द्विपक्षीय व्यापार विस्तारको […]

खरिदारको परीक्षा कार्यक्रम स्थगित

काठमाडौं । लोक सेवा आयोगले खरिदारको द्वितीय चरणको परीक्षण स्थगित गरेको छ । लोक सेवा आयोगले मंसिर २५ गते सूचना जारी गरी खरिदार पदको द्वितीय चरणको परीक्षा तालिका सार्बजनिक गरेको थियो । आयोगको परीक्षा तालिका बमोजिम बैशाख ६, २०७८ देखि बैशाख १० गतेसम्मका लागि द्वितीय चरणको परीक्षा निर्धारण गरिएको थियो । आयोगले जारी गरेको सूचनामा […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्नेबारे अलमल गरिरहेको बेला स्थायी कमिटी बैठक बोलाइएको हो । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै सांगठनिक विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई माओवादी केन्द्रले समर्थन कायम राखेकै कारण देखाउँदै […]