अमेरिकाको ह्यारिसनभिलका मेयरको निमन्त्रणमा कागेश्वरीका मेयर कार्कीको अध्ययन भ्रमण, भगिनी सम्बन्ध कायम गर्ने विषयमा छलफल

ह्यारिसनभिल: मिसौरी राज्यमा अवस्थित द सिटी अफ ह्यारिसनभिलका मेयर माईक ज्यारिङको निमन्त्रणामा अमेरिका पुग्नु भएका कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले भ्रमण निकै नै ज्ञानबद्र्धक रहेको बताउनु भएको छ । अमेरिकाको कान्सास सिटीमा रहेको ह्यारिसनभिल निकै नै व्यवस्थित, सुन्दर एवं शान्त नगरपालिका हो । यतिबेला सोही नगरपालिकाको भ्रमणमा रहनु भएका कागेश्वरीका मेयर उपेन्द्र कार्कीले त्यहाँबाट […]

अमेरिकामा रहेका नेपालीहरुद्धारा संकलीत रकम खुट्टा गुमाएकी घिमिरेलाई सहयोग

काठमाडौं : नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले दुर्घटनामा खुट्टा गुमाएकी रामेछापकी एन्ड्रिसा घिमिरेलाई ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ । गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव शंकर खड्काको पहलमा अमेरिकामा रहेका नेपालीहरूबाट संकलित रकम डा. कोइरालाले घिमिरेको निवासमा पुगेर हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण […]

तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन, संयोजकमा राजन त्रिपाठी चयन

काठमाडौं: तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन भएको छ । विदेशका विभिन्न देशमा बसोबास गर्ने तनहुँबासीहरुको जुमममार्फत भएको भेलाले राजन त्रिपाठीको संयोजकत्वमा अन्तर्राष्ट्रिय समाज गठन गरिएको हो । समाजको वरिष्ठ उपाध्यक्षमा लेख गुरुङ, महासचिवमा रवि चन्द्र भट्टराई चयन हुनु भएको छ । त्यस्तै, समाजको उपाध्यक्षमा दीपक खडका, दिनेश जोशी, पर्शुराम अधिकारी, राजन जंग शाही, सुरेन्द्र […]

वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले सामाजिक सुरक्षा योजनाको शुभारम्भ गर्नुहुँदै रोजगारीका लागि विदेशमा जाने युवाहरुलाई कुनै पनि रुपले दुःख दिने काम, ठगी गर्ने, ढिलासुस्ती अब स्वीकार्य नहुने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, अब […]

अष्ट्रेलियामा नेपाली फुड प्रमोशन कार्यक्रम हुँदै, मास्टर सेफ साहले नेपाली खानाको स्वाद चखाउने

काठमाडौं:  नेपाली खानाको प्रबद्र्धन गर्ने उद्देश्यले अष्ट्रेलियामा रहेको अष्ट्रेलियन प्याशिफिक इन्टरनेशनल कलेज (एपीआईसी) को आयोजना र प्याशिफिक हस्पिटालिटी एण्ड कुलीनरी एकेडेमी मैतीदेवीको संयोजनमा सिड्नीमा ५ दिने नेपाली खाना महोत्सव (नेपाली फुड फेस्टिभल) हुने भएको छ । आगामी मे ३ देखि ७ सम्म अष्ट्रेलियाको सिड्नीमा रहेको नमस्ते रेष्टुरेन्ट्र 307 pitt-st, Sydney Auatralia मा ५ दिने नेपाली […]

वैदेशिक रोजगार विभाग, बोर्ड र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर

कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरुले त्रिभुवन विमानस्थलमा सहज आवतजावतको सुविधा पाउने काठमाडौं : कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरुले त्रिभुवन विमानस्थलबाट सहज आवातजावतको सुविधा पाउने भएका छन । नेपाली व्यवसायी संघ कतारमा आवद्ध रहेर कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहज आवातजावतका लागि नेपाल सरकार र संघबीच सम्झौता भएको छ । […]

सेभेन समिटको सहयोगमा सोलुखुम्बुको टापटिङमा बन्यो बर्थिङ सेन्टर

दुर्गममा बर्थिङ सेन्टर निर्माण गर्न पाउँदा गौरवान्भित महसुस भइरहेको छ: एसी शेर्पा काठमाडौं: सेभेन समिट फाउन्डेशनको सहयोगमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकास्थित टापटिङमा बर्थिङ सेन्टर निर्माण भएको छ । समिटको ४५ लाख सहयोगमा बर्थिङ सेन्टर निर्माण भएको हो । फाउन्डेसनले सोलुखुम्बुको वाङछु मेमोरियल अस्पताललाई एम्बुलेन्स खरिदको लागि १२ लाख सहयोग प्रदान गरेकोमा सरकारी निर्णयअनुसार गाउँपालिकामा एउटा मात्र […]