तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन, संयोजकमा राजन त्रिपाठी चयन

काठमाडौं: तनहुँ समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन भएको छ । विदेशका विभिन्न देशमा बसोबास गर्ने तनहुँबासीहरुको जुमममार्फत भएको भेलाले राजन त्रिपाठीको संयोजकत्वमा अन्तर्राष्ट्रिय समाज गठन गरिएको हो । समाजको वरिष्ठ उपाध्यक्षमा लेख गुरुङ, महासचिवमा रवि चन्द्र भट्टराई चयन हुनु भएको छ ।

त्यस्तै, समाजको उपाध्यक्षमा दीपक खडका, दिनेश जोशी, पर्शुराम अधिकारी, राजन जंग शाही, सुरेन्द्र प्रधान र अनन्त सुवेदी चयन हुनु भएको छ । समाजको सचिवमा रमेश पोख्रेल, सुरेन्द्र लौडारी, पदम गिरी, कोषाध्यक्षमा कपील वाग्ले र सहकोषाध्क्षमा मिरा पौडेल चयन हुनु भएको छ ।

त्यस्तैगरि कार्यसमिति सदस्यहरुमा क्रमशः बिनु बस्नेत, शिव गौतम, दीपक महत, गोविन्द अधिकारी, उद्दव जिसी, राज गुरुङ, तेज गुरुङ, सुमन राज नर्हकी, दीपक राना मगर, कृष सुनार, रेश्मा श्रेष्ठ, नवराज विक, मिनराज वाग्ले, सन्तोष रेग्मी, नीता अधिकारी, लीला भट्ट, नारायण श्रेष्ठ, रमेश काप्mले, राम सापकोटा, कुल प्रसाद रेग्मी, विष्णु प्रसाद गिरी, सरिना बानीयाँ बस्नेत, दुर्गा अधिकारी, प्रवीण केसी, प्रकाश राना, बुद्धि कुँवर, रामजीवी पन्थ, सन्तोष काजी थापा, गोविन्द सुवेदी अनील गोदा चयन हुनु भएको छ ।

समाजको सल्लाहकारहरुमा एलीना सुवेदी पोख्रेल, अवीर राज जोशी, बच्चु कैलाश कैनी, डिल्ली पौडेल, करिम मिया, केशव पौडेल, मोहन गुरुङ, नारायण घिमिरे, नेम थापा मगर, प्रेमराज महत, रोहित गुरुङ, शुक्र श्रेष्ठ, सुरेन्द्र खडका र टंक पौडेल चयन हुनु भएको छ । समाजलाई आगामी ६ महिनाभित्र पुर्णता दिइसकिने जनाइएको छ ।

जुममार्फत भएको कार्यक्रमम डा. बच्चु कैलाश कैनी, डा.केशव पौडेल, डा.अलिनी पोख्रेल, वेद राज पराजुली, नेम थापा, विशाल गुरुङलगायतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रम तनहुँ समाज अमेकिाका सभापति किरण पन्तको सभापतित्वमा सम्पन्न भएको थियो ।


प्रकाशित | १३ आश्विन २०८०, शनिबार १०:२०