रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल फाईनलमा

एजेन्सी:  नेसन्स लिग फुटबलमा पोर्चुगल फाईनलमा प्रवेश गरेको छ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा स्विटजरल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै पोर्चुगल फाईनल प्रवेश गरेको हो । खेलको २५ औ मिनेटमा फ्रिकिकमा गोल गर्दै रोनाल्डोले टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । ५७ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै स्विटजरल्याण्ड खेलमा फर्किएको थियो । रिचार्डो रोड्रिग्वेजले स्विस […]

विश्वकपमा श्रीलंकाको पहिलो जित

एजेन्सी:  श्रीलंकाले इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा अफगानिस्तानलाई डीएल पद्दतिको आधारमा ३४ रनले पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो । कार्डिफमा वर्षाले प्रभावित खेलमा श्रीलंकाले दिएको १७८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ३२ ओभर ४ बलमा अलआउट हुँदै १५२ रन मात्र बनाउन […]

विश्वकप क्रिकेट: श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी: इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) एक खेल हुँदैछ । कार्डिफमा मंगलबार हुने एक मात्र खेलमा दुई दक्षिण एसियाली राष्ट्र श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ। सोफिया गार्डेनमा मैदान उत्रदा दुवै टोली पहिलो जितको खोजीमा रहने छन् । पहिलो खेल गुमाएको दुवै टोली दोस्रो […]

दक्षिण अफ्रीकालाई बंगलादेशको ३३१ रनको फराकिलो लक्ष्य

एजेन्सी: इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले दक्षिण अफ्रीकालाई ३३१ रनको फराकिलो लक्ष्य दिएको छ । लण्डनमा केनिङटन ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३३० रन बनायो । बंगलादेशका लागि मुस्फिकर रहमान र शाकिब अल हसनले अर्धशतकीय इनिङ्स खेले । रहमानले ७८ रन जोड्दा […]

लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधि

एजेन्सी:  इन्ग्लिश क्लब लिभरपुलले क्लब फुटबलकै सर्वाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा अर्को इन्ग्लिश क्लब टोटेनहमलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । स्पेनको मड्रिडमा भएको खेलमा जोर्गेन क्लोपको लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले एक एक गोल गरे । खेलको पहिलो […]

इंग्ल्यान्डको विजयी सुरुवात

एजेन्सी : घरेलु टोली इंग्ल्यान्डले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बिहीबार राती उद्धघाटन खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । घरेलु टोली इंग्ल्यान्डले प्रस्तुत गरेको ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा २ सय ७ रन बनाउन सबै विकेट गुमायो […]

चेल्सीले जित्यो युरोपा लिग फुटबलको उपाधि

एजेन्सी : इन्ग्लिश क्लब चेल्सीले युरोपा लिग फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा आर्सनललाई ४-१ गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । अजरबैजानमा भएको फाइनलमा चेल्सीलाई उपाधि दिलाउन इडेन हजार्ड नायक बने । सम्भवत चेल्सीबाट अन्तिम खेल खेलेका हजार्डले २ गोल गरे । ७ वर्ष चेल्सीमा बिताएका हजार्डले सिजनको अन्त्यसंगै […]