रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल फाईनलमा

एजेन्सी:  नेसन्स लिग फुटबलमा पोर्चुगल फाईनलमा प्रवेश गरेको छ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा स्विटजरल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै पोर्चुगल फाईनल प्रवेश गरेको हो । खेलको २५ औ मिनेटमा फ्रिकिकमा गोल गर्दै रोनाल्डोले टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । ५७ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै स्विटजरल्याण्ड खेलमा फर्किएको थियो ।

रिचार्डो रोड्रिग्वेजले स्विस टोलीका लागि गोल गरेका थिए । खेलको अन्तिम तीन मिनेटमा दुई गोल गर्दै रोनाल्डोले ह्याट्रिक पुरा गरे र पोर्चुगललाई प्रतियोगिताको फाईनल यात्रा तय गराए ।

८८ औ मिनेटमा बर्नार्डो सिल्भाको पासलाई सदुपयोग गर्दै रोनाल्डोले दोस्रो गोल गरेका थिए । ईटालियन क्लब युभेन्ट्सका स्टार रोनाल्डोले कर्नर पासको सदुपयोग गर्दै ९० औ मिनेटमा ह्याट्रिक पुरा गरे ।

पोर्चुगलले उपाधिका लागि बिहिबार हुने ईङ्ल्याण्ड र नेदरल्याण्डबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । फाईनल खेल आईतबार पोर्टोमा हुनेछ ।


प्रकाशित | २३ जेष्ठ २०७६, बिहीबार ०७:३६