विश्वकप क्रिकेट: श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदै

एजेन्सी: इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) एक खेल हुँदैछ । कार्डिफमा मंगलबार हुने एक मात्र खेलमा दुई दक्षिण एसियाली राष्ट्र श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ।

सोफिया गार्डेनमा मैदान उत्रदा दुवै टोली पहिलो जितको खोजीमा रहने छन् । पहिलो खेल गुमाएको दुवै टोली दोस्रो खेलमा दुवै टोली अंक जोड्न चाहन्छ । पहिलो खेलमा श्रीलंका न्युजिल्याण्डसंग १० विकेटले पराजित भएको थियो । श्रीलंका तालिकाको पुछारमा रहेको छ । अफगानिस्तानविरुद्ध मैदान उत्रदा श्रीलंका सहज जितको खोजीमा हुनेछ ।

यस्तै अफगानिस्तान पहिलो खेलमा अष्ट्रेलियासंग ७ विकेटले पराजित भएको थियो । तालिकाको नवौं स्थानको अफगानिस्तान श्रीलंकालाई हराएर विश्वकपमा पहिलो जित निकाल्न चाहन्छ । दुई टोलीबीचको अघिल्लो नतिजा श्रीलंकाको पक्षमा रहेको छ । पछिल्लो ३ भेटमा श्रीलंकाले २ जित निकाल्दा अफगानिस्तानले एक जित निकालेको छ ।


प्रकाशित | २१ जेष्ठ २०७६, मंगलवार १२:४५