कृषि क्षेत्रलाई विस्तार गर्नको निम्ति नगरपालिका सदैव तयार : बासुदेव थापा

भक्तपुर: सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरपालिकाको कृषि क्षेत्रलाई विस्तार गर्नको निम्ति नगरपालिका सदैव तयार रहेको बताउनुभएको छ । मेयर थापाले आफू किसानको छोरो भएकाले किसानको हितमा काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो । नगरप्रमुख थापाले प्रत्येक वडामा बृहत योजना बनाएर किसानहरुले ल्याउने हो भने नगरपालिका त्यसलाई सहयोग गर्न तत्पर रहेको बताउनुभयो । सूर्यविनायक नगरपालिका वडा […]

जोमसोम–कोरला सडक तीन दिन बन्द हुने

काठमाडौं: राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ । जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको […]

व्याजदरमा सीमा तोकेपछि सहकारीको पैसा बैंकतिर

काठमाडौं: सरकारले सहकारीको व्याजदरमा सीमा तोकेसँगै सहकारीको पैसा बैंकतिर जान थालेको छ । ऋणको व्याजमा सीमा तोकेपछि बचतको व्याजदर पनि घटाउनुपरेका विकास बैंक तथा फाइनान्स कम्पनीसँग प्रतिस्पर्धा गर्न ग्राहो हुन थालेको गुनासो सहकारीका संचालकले गरेका छन् । सरकारले साउन १९ गतेदेखि सहकारीको ऋण लगानी गर्दा १६ प्रतिशत भन्दा बढीमा व्याजदर लिन नपाइने गरी सन्दर्भ व्याजदर […]

सरकारले दीर्घकालिक र अल्पकालिक महत्वका थुप्रै महत्वपूर्ण काम गरिरहेको छ: भट्टराई

भक्तपुर : नेकपाका नेता निर्मल भट्टराईले सरकारले दीर्घकालिक र अल्पकालिक महत्वका थुप्रै महत्वपूर्ण काम गरिरहेकाले मुलुकको आर्थिक सम्मृद्धि वर्तमान नेकपा सरकारकै पालामा सम्भव रहेको विचार ब्यक्त गर्नुभएको छ । आफ्नो निजी सम्पति राज्यलाई सुम्पने केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रषटाचार गर्नै नसक्ने भन्दै भक्तपुर निर्वाचन क्षेत्र (क) को उप निर्वाचनको चुनावी सभालाई चानपा ७ मा […]

काठमाडौँको चन्द्रागिरि हिल्स रिसोर्टले पायो उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं : काठमाडौँको चन्द्रागिरि हिल्समा अवस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको उत्कृष्ट रिसोर्ट पुरस्कार ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एण्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार साँझ आयोजित कार्यक्रममा भारतीय राज्यसभाका सांसद एवम् पूर्वमन्त्री विजय गोयलले चन्द्रागिरि हिल्स लिमिटेडका संस्थापक अध्यक्ष तथा सञ्चालक हेमराज ढकाललाई सो पुरस्कार प्रदान गर्नुभएको हो । सोही कार्यक्रममा […]

सीमा क्षेत्रमा २६५ निगरानी चौकी आवश्यक

नारायण ढुङ्गाना / काठमाडौं नेपालसँग सीमा जोडिएको क्षेत्रमा अझै आवश्यक मात्रामा ‘सीमा निगरानी चौकी’ स्थापना गर्न सकिएको छैन । सीमाको सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले स्रोत साधन अभावले सीमित क्षेत्रमा मात्रै सुरक्षा चौकी स्थापना गरेको छ । अहिले स्थापना भएका सीमा निगरानी चौकीभन्दा दोब्बर बढीको आवश्यकता छ । अत्यावश्यक क्षेत्रमा समेत सशस्त्र प्रहरी पुग्न सकेको छैन […]

प्रदेश नं ५ मा नेपाल भ्रमण वर्ष प्रभावकारी बनाउने तयारी

भरत केसी /बुटवल सरकारले आउँदो अङ्ग्रेजी वर्षको शुरुआतसँगै गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी र उत्साहजनक रुपले सफल बनाउन प्रदेश नं ५ मा व्यापक तयारी भइरहेको छ । भ्रमण वर्षलाई राष्ट्रिय उत्सवका रुपमा सफल बनाउने सरकारको सङ्कल्प पूरा गर्न प्रदेश नं ५ मा स्थानीय तहसम्म कार्यक्रम बनाएर अगाडि बढाइएको छ । ‘समृद्ध नेपाल, […]