सरकारले दीर्घकालिक र अल्पकालिक महत्वका थुप्रै महत्वपूर्ण काम गरिरहेको छ: भट्टराई

भक्तपुर : नेकपाका नेता निर्मल भट्टराईले सरकारले दीर्घकालिक र अल्पकालिक महत्वका थुप्रै महत्वपूर्ण काम गरिरहेकाले मुलुकको आर्थिक सम्मृद्धि वर्तमान नेकपा सरकारकै पालामा सम्भव रहेको विचार ब्यक्त गर्नुभएको छ ।

आफ्नो निजी सम्पति राज्यलाई सुम्पने केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रषटाचार गर्नै नसक्ने भन्दै भक्तपुर निर्वाचन क्षेत्र (क) को उप निर्वाचनको चुनावी सभालाई चानपा ७ मा सम्बोधन गर्नुहुँदै भट्टराईले मुलुकको आर्थिक सम्मृद्धि ओली नेतृत्वको सरकारकै पालामा हुने बताउनुभयो ।

नेपालको हरेक क्षेत्रमा परिवर्तनको मुहार फेरिन थालीसकेको भन्दै भट्टराईले अब अन्य पार्टीले नेपालको विकास गर्न नसक्ने र मुलुकको विकासको लागि नेकपाबाट मात्र भविष्य रहेको बताउनुभयो । सोही कार्यक्रममा बोल्नुहुँदै चाँगुनारायण नगरपालिकाकी उपप्रमुख विना वास्तोलाले ठूलो संघर्षबाट प्राप्त महिला अघिकार जोगाउन सम्पूर्ण महिला एक हुनुपर्ने विचार राख्नुभयो ।

सभालाई नेकपाको स्थानीय नेताहरु राधाकृष्ण लामिछाने, राजु अधिकारी, राष्ट शम्शेर थापा, अशोक ढुंगेल, शालिग्राम लामिछाने, लक्षण लामिछाने, श्याम नायजु लगायतले सम्बोधन गर्नुभएको थियो ।


प्रकाशित | ३० कार्तिक २०७६, शनिबार १८:४३