लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं: नापी विभागले जारी गरेको नेपालको राजनीतिक नक्सामा लिम्पियाधुरालार्ई समावेश गर्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दायर भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसमेतलाई विपक्षी बनाई आज पाटन क्याम्पसका उपप्राध्यापक फणीन्द्र नेपाल र अधिवक्ता सुजीत केसीले संयुक्त रुपमा रिट निवेदन दिनुभएको हो । वर्तमान प्रयोगमा आएको नेपालको नक्सामा लिम्पियाधुरा नभएको […]

लोक सेवामा खुल्यो साढे दुई सय अघिकृतको जागिर

काठमाडौं : लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) पदका लागि आवेदन आह्वान गरेको छ । लोक सेवाले प्राविधिक तर्फ ठूलो संख्यामा आवेदन आह्वान गरेको हो ।   गोरखापत्र दैनिकमा  बुधबार   सूचना प्रकाशित गर्दै लोक सेवाले २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणीका अधिकृतको लागि आवेदन आह्वान गरेको हो ।

भ्रमण वर्ष शुभारम्भमा ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा

काठमाडौं : सरकारले नेपाल भ्रमण वर्ष, २०२० अभियानको शुभारम्भमा विभिन्न ४० देशका पर्यटनमन्त्रीलाई सहभागी गराउनेभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष अभियानको उद्घाटन कार्यक्रममा सहभागिताका लागि ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा गरिएको जानकारी दिनुभयो । प्रदेश ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष, २०२० […]

बङ्गलादेशसँगको बाईस वर्षे व्यापार : नेपाल नाफामा

काठमाडौं : सबैभन्दा नजीकको तेस्रो मुलुक बङ्गलादेशसँगको व्यापार सन्तुलनमा पाँच वर्षयता निरन्तर घाटा व्यहोर्नु परे पनि पारवहन मार्ग खुलेयताको २२ वर्षमा भने नाफा नै भएको छ । विसं २०५४ भदौ १४ गते नेपाल र बङ्गलादेशबीच पूर्वी नाका काँकडभिट्टाबाट भारतको फूलबारी भन्सार हुँदै बङ्गलादेशको बङ्गलाबन्ध जोड्ने ५४ किलोमिटर लामो स्थल पारवहन मार्गको प्रयोग शुरु भएको थियो […]

निर्यात प्रवद्र्धनका लागि नीतिगत सुधार जारी: अर्थमन्त्री

काठमाडौं: अर्थमन्त्री डा युवराज खतिवडाले निर्यात प्रवद्र्धन तथा व्यापार घाटा कम गर्ने विषय आफ्नो प्राथमिकता रहेको भन्दै नीतिगत सुधारका लागि अन्तरमन्त्रालय समन्वयका साथ काम भइरहेको बताउनुभएको छ । व्यवसायमैत्री वातावरण बनाउनेमा आफ्नो ध्यान गएको भन्दै उहाँले व्यवसायी सङ्घसंस्थाले अघि सारेका विषयलाई प्राथमिकतामा राखी यथाशक्य सम्बोधन गर्ने पनि विश्वास दिलाउनुभयो । नेपाल उद्योग परिसङ्घले निर्यात व्यापारमा […]

साइबर अपराधको नयाँ तरिका ‘इमेल फिसिङ’

अच्युत रेग्मी/ काठमाडौं सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै नयाँ तरिकाबाट साइबर अपराध हुने गरेको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो । पछिल्लो समय ‘इमेल फिसिङ’ मार्फत करोडौँ रुपैयाँ ठगी हुने गरेको छ । महानगरीय अपराध महाशाखामा […]

पोखराको सराङकोट डाँडामा ३५ करोड लगानीमा माउन्टेन लज सञ्चालन

दीननाथ बराल /पोखरा पोखराको सराङकोट डाँडामा नेपाली परम्पराको सराङकोट माउन्टेन लज सञ्चालनमा आएको छ । समुद्री सतहदेखि १ हजार ६ सय मिटरको उचाइमा रहेको उक्त लज हालै सञ्चालनमा आएको सञ्चालक मध्यका एक विप्लव पौडेलले बताए । उक्त लजमा दुइटा सुइट रुमसहित ३० वटा रुमहरू रहेको सञ्चालक पौडेलले बताए । लजमा २८ वटा डिलक्स रुमहरू छन् […]