हरेक दिन विमानस्थल पुग्छन पर्यटनमन्त्री योगेश भट्टराई

सिबी अधिकारी /काठमाडौं   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई लागेको थियो ‘आफू भिआइपी पाहुना त्यसमा पनि संसारकै सुविधायुक्त विमानस्थलमा छिट्टै ‘लगेज’ पाइएला तर, भिआइपी पाहुनाले चाँडो गराउँदा पनि ४५ मिनेटमा मात्रै ‘लगेज’ पाउनुभयो । पर्यटनमन्त्री भट्टराईले एकसाताअघि बेलायत भ्रमणका बेला सँगालेको अनुभवले चित्रण गर्छ कि नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप, अवस्था र बाध्यतालाई । […]

पर्वतमा तेह्र दिनकी सुत्केरी महिलाको दुवै मिर्गौला फेल, नवजात शिशुको बिचल्ली

पर्वत : पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलाले काम नगर्ने भएको हो । शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि मिर्गौलामा खराबी भएको आशङ्कामा परीक्षण गर्दा दुवै मिर्गौलाले […]

रुपाकोट पुगेपछि बङ्गलादेशका राष्ट्रपति हमिदले भन्नुभयो – आइएम भेरी ह्याप्पी, दिस इज नाइस प्लेस

रमेश लम्साल/काठमाडौँ  ‘यहाँ आउन पाउँदा म धेरै खुशी छु । असाध्यै राम्रो ठाँउ रहेछ’ रुपाकोट रिसोर्टमा पुगेपछि नेपाल भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पहिलो प्रतिक्रिया हो यो । ताल नगरीको रुपमा परिचित कास्कीको पोखरा । सामान्य अवस्थामा पोखराबाट ४५ मिनेटको उकालो चढेपछि पुगिने रुपाकोटको अतिथि बनेर बङ्गलादेशी राष्ट्रपति र उहाँको प्रतिनिधिमण्डल पुगेको हो […]

नेपाललाई विश्वमा चिनाउँदै मिस नेपाल अनुष्का श्रेष्ठ, यस्तो छ नेपाल चिनाउने भिडियो

काठमाडौं : मिस वल्ड नेपाल अनुष्का श्रेष्ठले नेपाल चिनाउने एक भिडियो सार्वजनीक गर्नुभएको छ । अनुष्कााले आफनो ब्यक्तीगत जीवनसहितको नेपाल चिनाउने भिडियो आज सार्वजनीक गर्नुभएको हो । भिडियोमा नेपालको हिमाल, पहाड र तराई झल्काउने गरि विभिन्न जातजातीको भेषभूषा, कला संस्कृति र नेपालको प्राकृतिक सुन्दरतादेखि समग्र नेपाललाई चिनाउने प्रयास गरिएको छ । भिडियो अहिलेसम्मकै सबैभन्दा उत्कृष्ठ […]

निजामतीमा उमेर हद साठी वर्ष कायम गर्न संसदीय समितिमा सहमति

प्रकाश सिलवाल/काठमाडौं लामो छलफल र बहसपछि निजामती सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ५८ बाट बढाएर ६० वर्ष कायम गर्न संसदीय समितिमा सहमति जुटेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नेपालीको औसत आयु वृद्धि भएको, न्याय, स्वास्थ्य र प्राध्यापन सेवामा ५८ भन्दामाथि उमेर हद रहेको तथा अन्तर्राष्ट्रिय अभ्याससमेतलाई ध्यान दिएर उमेर […]

डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन

हेटौँडा : मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ । चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ । समयमै राजीनामासमेत नआएपछि त्यहाँ उपनिर्वाचनसमेत नहुने अवस्था रहेको जनाइएको छ । वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर […]

रुपज्योति पक्राउको विरोधमा निजी क्षेत्र आन्दोलित

काठमाडौं: निजी क्षेत्र विरोधमा उत्रिएको छ । नेपाल उद्योग बाणिज्य संघ काठमाडौंले बुधबार विज्ञप्ती जारी गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेपछि निजीक्षेत्र अब खुलेरै मैदान आएको हो । यसअघि नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नाडा एशोसिएशन नेपाल, नेपाल चीन चेम्बरआदीले विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । नेपाल उद्योग बाणिज्य संघ काठमाडौंले […]