सूर्यविनायकमा उपत्यका मेयर्स फोरमको बैठक : महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

भक्तपुर : सूर्यविनायक नगरपालिकाको ब्यवस्थापनमा उपत्यका मेयर्स फोरमको दोस्रो बैठक सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिकाको-१० स्थित होटल भ्यू मा आयोजना गरिएको मेयर्स फोरमको बैठक सम्पन्न भएको हो । बैठकमा सहभागिलाई सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले खादा र भक्तपुरको भादगाउँले टोपी लगाएर स्वागत गर्नु भएको थियो । बैठक फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख […]

एनआरएनए माल्टामा अध्यक्षमा गिरी र महासचिवमा पाण्डेको उम्मेद्वारी

काठमाडौं । आगामी साउन १४(जुलाई ३०) मा युरोपिय मुलुक माल्टामा हुन गइरहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्(एनआरएनए) माल्टाको निर्वाचन(२०२३–२०२५) को चुनावी सरगर्मी ह्वात्तै बढेको छ । अर्को साता हुने सो निर्वाचनमा अध्यक्षका उम्मेद्वार रोशन गिरी नेतृत्वको टिमले उम्मेद्वारी दर्ता गराएको छ । उहाँको टिमबाट विरोजंग पाण्डेले महासचिव पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ […]

एनआरएनए यूके सहकोषाध्यक्षमा निर्वाचित हेम गुरुङले पाए लोकप्रिय मत

लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको शनिबार सम्पन्न निर्वाचनमा सहकोषाध्यक्षमा निर्वाचित हेमकुमार गुरुङले सबैभन्दा बढी मत पाउनु भएको छ । घोषित मतपरिणामअनुसार सहकोषाध्यक्षमा विजयी गुरुङले १ हजार ८ सय ७५ मत प्राप्त गर्नु भएको हो । यो उम्मेदवारले प्राप्त गरेको सबैभन्दा बढी मत हो । सहकोषाध्यक्ष पदमा पराजित अर्का उम्मेदवार सुमन शर्माले १ […]

एनआरएनए यूकेको अध्यक्षमा हितकाजी गुरुङ विजयी (मतपरिणामसहित)

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा हितकाजी गुरुङ विजयी हुनु भएको छ । उपाध्यक्षमा रविन्द्र कँडेल र सुरेश परियार निर्वाचित हुनु भएको छ भने महासचिवमा गोविन्द खरेल निर्वाचीत हुनु भएको छ । अध्यक्ष निर्वाचित गुरुङ तमुधिं यूके पूर्व अध्यक्ष समेत हुनुहुन्छ । उहाँको प्रतिस्पर्धी दिनेश घिमिरेले १२५४ र डा. नारायण कँडेलले ९०५ […]

सूर्यविनायक नगरपालिकाले नगर आयोजना बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने

भक्तपुर : सूर्यविनायक नगरपालिकाले नगर आयोजना बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने भएको छ । नगरपालिकाभित्र संचालित अधुरा आयोजनालाई समयमै सम्पन्न गर्नुका साथै आयोजना छनौट, सञ्चालन र व्यवस्थापनमा दोहोरोपना आउन नदिन नगर आयोजना बैंकको अवधारणा कार्यान्वयनमा ल्याइने भएको हो । नगर प्रमुख बासुदेव थापाले आर्थिक वर्ष २०८०\०८१ को नीति तथा कार्यक्रममा आयोजना बैंक कार्यान्वयनमा ल्याइने उल्लेख गर्नुभएको […]

एनआरएनए बहराइनमा राजु श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन

बहराइन: गैर आवासीय नेपाली संघ (एनआरएनए) बहराइनको अध्यक्षमा राजु कुमार श्रेष्ठ निर्विरोध निर्वाचीत हुनु भएको छ । आगामी कार्यालकाल २०२३-०२५ का लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचीत भएको हो । आइसिसी सदस्यमा पनि बिरेन्द्र बुढाथोकी निर्विरोध चयन हुनु भएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा तिर्थ बहादुर भण्डारी, उपाध्यक्षमा भावना आचार्य पन्त र सन्त कुमार […]

एनआरएनए कुवेतको अध्यक्षमा लामा पुन: चयन

कुवेत : गैर आवासीय नेपाली संघ (एनआरएनए) कुवेतको अध्यक्षमा रानाध्वज लामा पुनः चयन हुनु भएको छ । एनसिसी कुवेतको आठौं अधिवेशनबाट लामा पुन: अध्यक्षमा चयन हुनु भएको छ । आगामी कार्यकाल २०२३ देखि २०२५ को कार्यकालका लागि लामा अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भयो । आईसीसी सदस्यमा पनि हरि लावती निर्विरोध चयन हुनु भएको छ […]