एनआरएनए बहराइनमा राजु श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन

बहराइन: गैर आवासीय नेपाली संघ (एनआरएनए) बहराइनको अध्यक्षमा राजु कुमार श्रेष्ठ निर्विरोध निर्वाचीत हुनु भएको छ । आगामी कार्यालकाल २०२३-०२५ का लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचीत भएको हो । आइसिसी सदस्यमा पनि बिरेन्द्र बुढाथोकी निर्विरोध चयन हुनु भएको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा तिर्थ बहादुर भण्डारी, उपाध्यक्षमा भावना आचार्य पन्त र सन्त कुमार न्यौपाने, महिला उपाध्यक्षमा सुशिला खत्री, महासचिवमा संगीता खत्री, सचिवमा भुवन विमली, सहसचिवमा कृष्ण प्रसाद गैरै, कोषाध्यक्षमा दिपक कुमार कर्ण र सहकोषाध्यक्षमा बासुदेव प्याकुरेल निर्विरोध निर्वाचीत हुनु भएको हो ।

महिला संयोजकमा प्रवित्रा श्रेष्ठ, युवा संयोजकमा अमृता सापकोटा, पर्यटन संयोजकमा अच्युत राज तिमिल्सिना, खेलकुदन तथा साँस्कृतिक संयोजकमा शिव विक चयन हुनु भएको छ ।

त्यस्तै, कार्यसमिति सदस्यहरुमा क्रमश अमृता सामेखाम, लक्ष्मीनारायण श्रेष्ठ, लक्ष्मण विक, अनन्त अर्याल, विशाल खरेल, राम प्रसाद पुडासैनी, टेकमान विक र गणेश बहादुर थापा निर्विरोध हुनु भएको छ ।


प्रकाशित | ६ श्रावण २०८०, शनिबार २०:०५