एनआरएनए कुवेतको अध्यक्षमा लामा पुन: चयन

कुवेत : गैर आवासीय नेपाली संघ (एनआरएनए) कुवेतको अध्यक्षमा रानाध्वज लामा पुनः चयन हुनु भएको छ । एनसिसी कुवेतको आठौं अधिवेशनबाट लामा पुन: अध्यक्षमा चयन हुनु भएको छ ।

आगामी कार्यकाल २०२३ देखि २०२५ को कार्यकालका लागि लामा अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भयो । आईसीसी सदस्यमा पनि हरि लावती निर्विरोध चयन हुनु भएको छ ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा मानबहादुर तामाङ र होमनाथ गिरि, महिला उपाध्यक्षमा रमिता तामाङ, उपाध्यक्षमा मोहन राई, दामोदर बटाला, विकाशबहादुर सिंह, निरन्जन सिंह ठकुरी, महासचिवमा मनिष केसी, सचिवमा विजय धामी, मनकुमार राई, कोषाध्यक्षमा सोनाम लामा, सह कोषाध्यक्षमा जीवन निरौला चयन हुनु भएको छ ।

युवा संयोजकमा आङ नोर्बु शेर्पा, महिला संयोजकमा सजिना गुरुङ, युवा सहसंयोजकमा छेनाम तामाङ, महिला सहसंयोजकमा मायादेवी राई पाण्डे चयन भएका छन् ।

त्यस्तैगरी, समितिको सदस्यमा सूर्यकुमार लामा, दुर्गा कुमारी ओली, रुपक थापा, मोहम्मद आलम्गिर अन्सार, राजु पुन मगर, राजु धिमाल, प्रकाश राई, उमेश राई, अशोक साह सोनार, लालबहादुर सुनुवार, सुब्बा फ्युबा तामाङ, पेमा दोर्जे लामा, चित्र बहादुर थापा चयन हुनु भएको छ ।


प्रकाशित | ६ श्रावण २०८०, शनिबार ०८:४५