डब्लिन: गैर आवासीय नेपाली संघ आयरल्याण्डको अध्यक्षमा प्रकाश सापकोटाले उम्मेदवारी दिनु भएको छ । आगामी कार्यकाल २०२३-०२५ को लागि सापकोटाले अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो । सापकोटाले आगामी कार्यकालको उम्मेदवारी सँगै आफ्ना विभिन्न ११ बुँदै प्रतिबद्धता पत्र समेत सार्वजनीक गर्नु भएको छ ।नेपालको बाग्लुङ जिल्लामा जन्मिनु भएको सापकोटा उच्च शिक्षाको लागि आयरल्याण्ड आउनु भएको […]
काठमाडौं । आगामी साउन १४(जुलाई ३०) मा युरोपिय मुलुक माल्टामा हुन गइरहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्(एनआरएनए) माल्टाको निर्वाचन(२०२३–२०२५) को चुनावी सरगर्मी ह्वात्तै बढेको छ । अर्को साता हुने सो निर्वाचनमा अध्यक्षका उम्मेद्वार रोशन गिरी नेतृत्वको टिमले उम्मेद्वारी दर्ता गराएको छ । उहाँको टिमबाट विरोजंग पाण्डेले महासचिव पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ […]
लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको शनिबार सम्पन्न निर्वाचनमा सहकोषाध्यक्षमा निर्वाचित हेमकुमार गुरुङले सबैभन्दा बढी मत पाउनु भएको छ । घोषित मतपरिणामअनुसार सहकोषाध्यक्षमा विजयी गुरुङले १ हजार ८ सय ७५ मत प्राप्त गर्नु भएको हो । यो उम्मेदवारले प्राप्त गरेको सबैभन्दा बढी मत हो । सहकोषाध्यक्ष पदमा पराजित अर्का उम्मेदवार सुमन शर्माले १ […]
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा हितकाजी गुरुङ विजयी हुनु भएको छ । उपाध्यक्षमा रविन्द्र कँडेल र सुरेश परियार निर्वाचित हुनु भएको छ भने महासचिवमा गोविन्द खरेल निर्वाचीत हुनु भएको छ । अध्यक्ष निर्वाचित गुरुङ तमुधिं यूके पूर्व अध्यक्ष समेत हुनुहुन्छ । उहाँको प्रतिस्पर्धी दिनेश घिमिरेले १२५४ र डा. नारायण कँडेलले ९०५ […]
बहराइन: गैर आवासीय नेपाली संघ (एनआरएनए) बहराइनको अध्यक्षमा राजु कुमार श्रेष्ठ निर्विरोध निर्वाचीत हुनु भएको छ । आगामी कार्यालकाल २०२३-०२५ का लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचीत भएको हो । आइसिसी सदस्यमा पनि बिरेन्द्र बुढाथोकी निर्विरोध चयन हुनु भएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा तिर्थ बहादुर भण्डारी, उपाध्यक्षमा भावना आचार्य पन्त र सन्त कुमार […]
कुवेत : गैर आवासीय नेपाली संघ (एनआरएनए) कुवेतको अध्यक्षमा रानाध्वज लामा पुनः चयन हुनु भएको छ । एनसिसी कुवेतको आठौं अधिवेशनबाट लामा पुन: अध्यक्षमा चयन हुनु भएको छ । आगामी कार्यकाल २०२३ देखि २०२५ को कार्यकालका लागि लामा अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भयो । आईसीसी सदस्यमा पनि हरि लावती निर्विरोध चयन हुनु भएको छ […]
फिनल्याण्ड: गैर आवासीय नेपाली संघ (एनआरएनए) फिनल्याण्डको अध्यक्षमा लव उपाध्याय निर्विरोध निर्वाचीत हुनुभएको छ । आगामी कार्यकाल २०२३-०२५ को लागि उपाध्यायको नेतृत्वमा सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचीत भएको हो । आईसिसी सदस्यमा बसन्त गौतम पनि निर्विरोध हुनु भएको छ । कार्यसमितिको उपाध्यक्षमा विनीता लामिछाने, योगेन्द्र संग्रौला, तारा प्रसाद सापकोटा, महासचिवमा सौरव लामिछाने, कोषाध्यक्षमा राजेश सापकोटा, सचिवमा […]