एनआरएनए आयरल्याण्डको अध्यक्षमा प्रकाश सापकोटाको उम्मेदवारी, ११ बुँदे प्रतिबद्धता सार्वजनीक

डब्लिन: गैर आवासीय नेपाली संघ आयरल्याण्डको अध्यक्षमा प्रकाश सापकोटाले उम्मेदवारी दिनु भएको छ । आगामी कार्यकाल २०२३-०२५ को लागि सापकोटाले अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो ।

सापकोटाले आगामी कार्यकालको उम्मेदवारी सँगै आफ्ना विभिन्न ११ बुँदै प्रतिबद्धता पत्र समेत सार्वजनीक गर्नु भएको छ ।नेपालको बाग्लुङ जिल्लामा जन्मिनु भएको सापकोटा उच्च शिक्षाको लागि आयरल्याण्ड आउनु भएको थियो ।

सन् २०१३ मा एनआरएनए आयरल्याण्डको आजीवन सदस्य बन्नु भएको सापकोटा बाग्लुङ समाज आयरल्याण्डको संस्थापक अध्यक्षदेखि नेपाली जनसम्पर्क समिति सचिव हुँदै विभिन्न संघसंस्थामा काम गर्नु भएको अनुभव छ । एनआरएनएको विभिन्न टाक्सफोर्समा बसेर पनि काम गर्नु भएको अनुभव छ ।

यस्ता छन् सापकोटाका प्रतिबद्धताहरु

आदरणीय आयरल्यान्डबासी आमाबुबा, दाजुभाइ , दिदिबहिनी सम्पुर्णमा नमस्कार ,

गैर आबसिय नेपाली संघ आयरल्यान्डको पञ्जिकृत सदस्य हुनुहुने र समय परिस्थितिले हुन नसक्नु भएका सम्पुर्ण अग्रज, अनुज र सहकर्मी महानुभावहरुमा हार्दिक धन्यवाद । नया उर्जा , नया जोस जागरका साथ केही गर्ने अठोट र यहाहरुको साथ र समर्थन र हौसलाको कदर गर्दै म पनि गैर आबसिय नेपाली संघ आयरल्यान्ड रास्टृय समन्वय परिषदको अध्यक्ष पदको उम्मेदवार रुपमा अगाडि बढेको जनाकारी गराउन चाहान्छु। आसा छ हजुरहरुको साथ र समर्थनले एक नया लक्ष्यको सुरुवात हुनेछ।

लक्ष्यलाई सार्थक निष्कर्षमा पुऱ्याऊन र संघप्रति समाजको बिश्वाश आर्जन गर्ने हेतुले केही प्रस्ताब र मुद्धाहरु तय गरेको छु । कृपया हजुरहरुले मेरो अध्ययन गरी यहाहरुलाई लागेका महत्वपुर्ण सुझाव र प्रतिकृया दिई मलाई थप हौसला प्रदान गर्नु हुनेछ भन्न्ने पुर्ण बिश्वाश लिएको छु।

१) नेपाली भाषा, कला र सस्कृतिको सम्वर्दन र प्रवर्द्धनका लागि आयरल्यान्ड भित्र वा बाहिर रहेका विभिन्न सस्थाहरुसङ्ग समन्वय एवम पारस्परिक हातेमालोमा वार्षिक सास्कृतिक कार्यक्रम गर्ने। नेपाली भाषा, सङ्गीत, नृत्य एवम् चाडपर्व जस्ता सास्कृतिक कृयाकलापका माध्यमबाट युवा तथा वालवालिकासङ्ग जोडिएका तमाम सरोकारवाला समूहहरुलाई सस्थागत सहयोग जुटाउन आयरल्यान्डमा अबस्थित सबै साङितिक समुह र ब्यान्डहरु सङ्ग मिलि Cultural Team बनाइ अघि बढ्ने ।

२) आयरल्यान्डमा हुने धेरै अल्पसंख्यक समुदाय मध्यको एक नेपाली समुदायले यहाको सरकार बाट लिनसक्ने लाभका विषयमा अध्ययन गरि Nrna Ireland र Irish government / city council सङ्ग जोडिएर काम गर्ने ।

३) नेपाल लगायत अन्य देशबाट आयरल्यान्ड आउने नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ सुरुका दिनमा हुने अफ्ट्यारोमा सहयोग गर्न एक समिती बनाउने , साथै नेपाल बाट आउने बिद्यार्थीहरुको सहयोगका लागि Student Support Team गठन गर्ने।

४) NRNA IRELAND को सदस्यता लिए बापत solicitors, accountant , resturants लगायत Nrna Ireland ले आयोजना गरेको कार्यक्रम लगायत अन्य ठाउमा छुटको ब्यब्स्था मिलाउने ।

५) Irish Blood Transfusion service सङ्ग सहकार्य गरेर नेपाली समुदायले पनि Blood donation कार्यक्रममा भाग लिने वा camp संचालक गर्ने ।

६) आम आयरल्यान्डबासी नेपालीहरुको शारीरिक तथा मानसिक स्वास्थका लागि खेल र खेलकुद क्रियाकलापका लागि पूर्ण समर्थन र सकृय रुपमा लाग्ने र नया पिडिलाइ समाबेस गरि खेल तथा सास्कृतिक कोष खडा गरि नया पुस्तालाई अगाडि बढ्ने ।

७) NRNA को सदस्यताको हकमा बर्तमान कायम सुल्कलाई निसुल्क बनाउन प्रयास गर्ने साथै नवीकरणका विषयमा अघिल्लो पटक सदस्य बनिसकेकाहरुको हकमा बिना नयाँ कागजात नवीकरण गराउन मिल्ने व्यवस्था गर्न पहल गर्ने साथै स्थानीय आप्रवाश नीति, बिमा नीति तथा जागिर/कामको स्थितिबारेका परिवर्तनहरुलाई निरन्तर अपडेट गराउने।

८) विभिन्न पेशामा सम्लग्नहरु साथै विश्वविद्यालय प्रतिनिधिहरुको प्रत्यक्ष सहयोग र सङ्लग्नता बाट जागिर खोज्न, बायोडाटा बनाउन तथा आवेदन भर्न एवम् क्यारियर परामर्शका लागि विभिन्न सेमिनार, गोष्ठी तथा भेला आयोजना गर्ने।

९ ) डब्लिनमा नेपालि राजदूतावास नभएको परिप्रेक्ष मा हाल सन्चालन हुँदै आएको कन्सुलर सेबालाई निरन्तरता दिदै कम्तीमा ६ महिनाको एक पटक सेबा प्रदान गर्न राजदुतावासलाई पहल गर्ने साथै कन्सुलर शेवा लगायतका राजदुतावासले प्रदान गर्ने शेवाको प्रभावकारिताका बारे राजदुतावासको ध्यानाकर्षण गराउने।

१०) आयरल्यान्ड स्थित नेपाली दाजुभाइ दिदिबहिनीहरुको भिसा र यस सम्बन्धी बिभिन्न कानुनी परामर्शका लागि कानुनी परामर्श सेबा प्रदान गर्ने साथै नेपाली समुदाय भित्र immigration ,citizenship , Eu treaty right, family reunification , Social welfare right लगायतमा भासा वा अन्य कुराले अफ्ट्यारो परेमा सहयोग गर्न प्रत्यक महिना information Session संचालक गर्ने र कागजात संकलन गर्न र फर्म भर्न सहयोग गर्ने ।

११) नेपाली समुदायका विभिन्न मुद्दा/समस्याहरुबारे जानकार रही समाधानका लागि सामुदायिक र व्यक्तिगत तवरमा छलफल चलाउन एक थलो Nrna Help Desk संचालन गर्ने ।साथै समाजका महत्वपूर्ण एजेन्डाहरु तयार गर्न सम्पूर्ण आयरल्यान्डबासी नेपालीहरुलाई ३ महिनामा एक पटक प्रत्यक्ष भेला वा सोसल मिडियामा आहावान गरी प्रतिक्रिया लिने एवम अन्तरक्रिया गरिने।

(यी बाहेक तपाईका केही मुद्दा मेरो माध्यमबाट समेटन चाहानु हुन्छ भने मलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ।

प्रकाश सापकोटा
अध्यक्ष पदको उमेदवार
एन आर एन ए आयरल्यान्ड
0877428147


प्रकाशित | ८ श्रावण २०८०, सोमबार ११:४०